Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

बागमती प्रदेश सरकारद्वारा चार कार्यालय थप्ने निर्णय

१५ भदौ: बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ ।

वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन विकास आयोजनाअन्तर्गत एउटा उपशाखा गरी चार वटा कार्यालय थप गर्ने निर्णय भएको हो ।

बाढीपहिरो नियन्त्रणका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोटमा तीन वटा भूसंरक्षण कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । प्रदेश सरकारले काठमाडौँमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

यसअघि यस प्रदेशमा ललितपुरमा एउटा तथा सिन्धुपाल्चोक जिल्लामा एउटा गरी दुई भूसंरक्षण कार्यालय स्थापना गरिएको थियो । बाढीपहिरो नियन्त्रणका लागि उक्त कार्यालयबाट सम्भव नभएकाले थप कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

यस प्रदेशको १३ वटै जिल्लाबाट पर्यटन विकाससम्बन्धी सेवा र योजनाको सम्झौताका लागि हेटौँडा आउनुपर्ने बाध्यता हटाउन काठमाडौँमा उपशाखा स्थापना गर्ने भएको छ । उपशाखाबाट ससाना योजना, उपभोता समूहबाट हुने योजनाको सेवाको प्रवाह हुने बताइएको छ तर ठूला ठेक्का र योजनाको काम आयोजनाको हेटौँडाबाट हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP