Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

फुटको संघारमा सत्तारूढ नेकपा, चैत २४ गते नयाँ दलको घोषणासभा हुनसक्ने !

एकपछि अर्को विवादमा फस्दै गएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने वा नबनाउने विवाद बढ्दै जाँदा फुटको संघारमा पुगेको छ । जसरी भएपनि एकपटक प्रधानमन्त्री बन्ने गौतमको जिद्दीपनलाई पार्टीको सचिवालय साथ दिंदा पार्टी फुटको संघारमा पुगेको बताइन्छ ।

गुटगत राजनीतिको शिकार बन्दै गएको नेकपाको सचिवालयले गौतमको बालहठलाई पूरा गर्न संविधान संशोधन गर्नेगरी गुपचुप कार्यदल नै बनाएपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको हो । चौतर्फी आलोचनाको सिकार बनेको उक्त कार्यदल अस्तित्वमा आउन नपाउँदै निष्क्रिय बनेपनि गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेसँगै सत्तारूढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको हो, त्यो सँगै नेकपा विभाजनको बाटोमा लागेको जानकारहरूको भनाइ छ ।

हिजोको सचिवालयको बैठक लगत्तै प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर करिब डेढ घण्टा कुरा गर्दै आफू गौतमलाई राष्ट्रियसभामा लैजान असमर्थ रहेको र अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा लैजाने आफ्नो निर्णय रहेको र त्यो सरकारको अधिकार समेत भएको जानकारी दिएका थिए । यदि त्यसो हुन नसके अब सँगै बस्नुको र सरकारको नेतृत्व गर्नुको कुनै अर्थ नभएको कुरा सचिवालयका सबैलाई भनिदिन समेत आग्रह गरेको नेकपा निकट उच्च स्रोतको भनाइ छ ।

नेता नेपालसँगको डेढ घण्टा लामो भेटमा प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल लगायतले आफ्नो पार्टीको नेतृत्वको सरकारको बचाउ गर्नुपर्ने बेलामा उल्टै सरकारको विरोध गरेर प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै अब आफूले पनि सहेर बस्ने धैर्यताको सिमा टुट्न लागेको भन्दै निराशा व्यक्त गरेका थिए । यसको जवाफमा नेता नेपालले तपाई आफ्नो काम गर्नुस् तर पार्टीलाई जनताको नजरमा गिर्न नदिन हामी सक्दो प्रयास गर्छौं भन्दै सचिवालयको निर्णय कार्यान्वयन गर्नु दबाब दिएका थिए ।

अर्कोतिर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भने अब ओलीको नेतृत्व र एकलौटी व्यवहार सहेर जान नसकिने, पार्टीमा स्पष्ट रूपमा अल्पमतमा हुँदाहुँदै पनि पूर्ण बहुमत भएको जस्तो दम्भ प्रदर्शन गरिरहेको भन्दै पूर्व एमाले र पूर्व माओवादी समूह नभनिकन रूपान्तरित भएर नेकपाको संस्थापन पक्षको रूपमा अघि बढ्न वरिष्ठ नेता खनाल, नेपाल र उपाध्यक्ष गौतमलाई आग्रह गरेका छन् भने जवाफमा उपाध्यक्ष गौतमले एक महिना अगाडि आफ्नो निवासबाट सुरु भएको गठबन्धन नै नेकपाको संस्थापन गठबन्धन भएको जवाफ दिएको स्रोतले दावी गरेको छ ।

पूर्व एमाले पक्षका नेताहरू उपाध्यक्ष गौतम सहित वरिष्ठ नेता खनाल र नेपाल समेत कार्यकारी अध्यक्ष दाहालकै अध्यक्षतामा नेकपाको संस्थापन पार्टीको रूपमा अगाडि बढाउन सहमत रहेको समेत स्रोतको दावी छ । वरिष्ठ नेता खनालले त प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगर्ने हो भने पार्टीबाटै बाहिर जान सार्वजनिक चेतावनी नै दिइसकेका छन् । यसले पनि सत्तारूढ नेकपा फुटको संघारमा रहेको स्पष्ट संकेत गर्छ ।

ओलीको विपक्षी गठबन्धनमा अहिले नेकपाको ७० प्रतिशत रहेको भन्दै असन्तुष्ट पक्षले अलग्गै भेलाको तयारी समेत गरिरहेको बुझिएको छ भने प्रधानमन्त्री ओली समूहले समेत पूर्व परिवार दलका अध्यक्ष एकनाथ ढकाल सहितको सहयोगमा आगामी चैत २४ गते जनआन्दोलन दिवसकै दिन विशेष भेलाको तयारी समेत गर्न लागेको खबर बाहिरिएको छ । त्यसै दिन नयाँ दलको समेत घोषणा हुनसक्ने उत्तिकै सम्भावना छ । सरकारमा सहभागी भएका आफ्ना अतिविश्वास प्राप्त नेता गोकुल बाँस्कोटालाई गुमाएका प्रधानमन्त्री ओली आफ्ना अर्का विश्वासपात्र अर्थमन्त्री खतिवडालाई कुनै मुल्यमा गुमाउन चाहँदैनन् । उनले हिजो नेता नेपालसँगको वार्तालापमै यो कुरा स्पष्ट गरिसकेका छन् ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति पछि सत्तारूढ नेकपाको यो विग्रहले जटिल रूप लिदैं जाँदा प्रधानमन्त्री ओलीले संसद विघटन जस्तो अप्रीय कदम समेत चाल्नसक्ने उत्तिकै सम्भावना छ । अर्कोतिर उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने त कुरै छाँडौ सचिवालय सदस्य बाट समेत हटाउने गृहकार्यमा प्रधानमन्त्री ओली लागेको समेत स्रोतको दावी छ । यस्तोमा गौतमको पक्षमा एकीकृत रहेको ओलीइतर पक्षले संसदीय दलमा जुनसुकै बेला ओली विरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याउने उत्तिकै सम्भावना छ । यी सबै परिस्थितिमा नेपालको राजनैतिक वातावरण एकपटक उलटपुलट हुने भने प्रसस्त सम्भावना छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP