Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्।

हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृसंगठनले विरोध प्रदर्शन गरेको हो।

सो पार्टीका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए। सरकारले हुम्लाको लिमिलाप्चदेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले प्रतिवेदनसमेत गृहमन्त्रीलाई दिइसकेको छ। उक्त प्रतिवेदनमा दुवै मुलुकले संयन्त्र बनाएर सीमालगायतका विषयहरुबारे छलफल गर्ने उल्लेख छ।

केपी ओली नेतृत्वको यसअघिको सरकारले भने नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP