Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

अपाङ्गता भएका ७३ वर्षीय बौवालाललाई घरमै पुगेर सिडिओले दिए नागरिकता

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ४ मधवापुर निवासी बौवालाल गुरमैता यादव ७३ वर्षका भए । यो उमेरसम्म उनले नागरिकता पाउन सकेका थिएनन् ।

जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिँड्ने गर्छन् । ७३ वर्षको उमेरमा नागरिकता नपाउँदा उनी सरकारी सेवासुविधाबाट बन्चित थिए ।

हालसम्म पनि नागरिकता नपाएको जानकारी पाएपछि स्थानीय युवाले नागरिकता दिलाइदिन पहल गरेका थिए । ‘उनका दाजुभाइ र परिवारका अन्य सदस्यले नागरिकता बनाइसकेका रहेछन्, उनले बनाउनै सकेका थिएनन्’ स्थानीय युवा सन्दीप कर्णले भने, ‘हिँडन नसकेकै कारण सिडिओ कार्यालयसम्म नपुग्दा नागरिकताबाट बन्चित भएकालाई प्रमुख जिल्ला अधिकारी आफैं आएर नागरिकता प्रदान गर्नुभएको छ ।’

सप्तरीमा यसअघि पनि जन्मैदेखि अपांग रहेका एक युवकलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका ४ का प्रल्हाद मण्डललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले २७ साउनमा घरमै गएर नागरिकता दिएका थिए

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP