Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

तीन वर्ष थुनामा बसेपछि निर्दोष ठहर

काठमाडौं । तस्करीको साढे ३३ किलो सुन हराएपछि उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भयो ।

तस्करी प्रकरणका नाइके मध्येका एक चुडामणि उप्रेती ‘गोरे’ समूहले सुन खोज्ने क्रममा शाक्यको हत्या भएपछि तस्करीको र्‍याकेटकबारे अनुसन्धान सुरु भयो । गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले प्रकरणमा ९ प्रहरी संलग्न भएको भन्दै पक्राउ गरेर मुद्दा चलायो।

पक्राउ परेका प्रहरीमध्ये ८ जना त्यतिवेलै धरौटी र साधारण तारेखमा छुटे । तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री र प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत चाहिँ हालसम्म कारागारमै थिए । उच्च अदालत, मोरङले २८ भदौ २०७५ मा उनलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

त्यसवेला राउतले विमानस्थल प्रहरी कार्यरत रहँदा गोरे समूहबाट १२ लाख रुपैयाँ लिएर तस्करीमा सहयोग गरेको सरकारी छानविन समितिले दाबी गरेको थियो । एसएसपी खत्रीलाई पनि ५ माघ २०७५ मा उच्च अदालतले थुनामै राखेर प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । सरकारी छानविन समितिले खत्रीले तीन पटक गरेर १ करोड १२ लाख ४२ हजार रुपैयाँ बुझेको बताएको थियो ।

अदालतले दुवै जनालाई तीन वर्षपछि सफाइ दिएको छ । उनीहरुलाई राखिएको क्षेत्रीय कारागार, सुनसरीका निमित्त जेलर राजेन्द्र कार्की भन्छन्, ‘फैसलाबारे मैले पनि सुनेँ, साँझ ५ बजेसम्म आदेश आयो भने उहाँहरुलाई कारागारबाट विदाइ गर्छौं ।’

प्रकरणमा मुछिएका पूर्वएआईजी गोविन्द्रप्रसाद निरौला, एसएसपी दिवेश लोहोनी (हाल डीआईजी), प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP