Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कपिलवस्तुमा झाडापखाला : २७ दिनको बच्चा सहित ६ जनाको मृत्यु

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका ५ वडामा फैलिएको झाडापखाला तथा वान्ताको प्रकोपका कारण हालसम्म ६ जनाको ज्यान गएको छ।

नगरपालिकाको वडा नं. ५,६,७,८ र ९ को दुई दर्जन गाउँमा झाडापखाला तथा वान्ताका बिरामी देखा परिरहेका छन् । जसमा ७५८ जना शिवराज अस्पताल बहादुरगंज उपचार गराउन पुगेका थिए । त्यस्तै सयौँको सख्यामा बिरामीहरू निजी क्लिनिक, मेडिकल तथा स्वास्थ्य संस्थामा पुगी उपचार गराएको बहादुरगंज स्थित सेवा मेडिकल हलका प्रमुख डाक्टर कमलेश यादवले जानकारी दिनुभयो । डा. यादवले भन्नुभयो,‘३५ देखि ४० वटा झाडापखाला तथा वान्ताका बिरामीको उपचार हामीले पनि गरेका छौ । यस्तै अन्य निजी क्लिनिकहरूले पनि गरेका छन् ।’

उता जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे भने शिवराज अस्पतालमा आएको बिरामीलाई मात्र आधिकारिक हुने बताउनुहुन्छ । झाडापखाला तथा वान्ताका बिरामी निजी क्लिनिकमा उपचार कै क्रममा मृत्यु हुँदा पनि आधिकारिक नमानिएको स्थानीयहरू बताउँछन् । अहिलेसम्म झाडापखाला तथा वान्ताको प्रकोपमा परि ६ जनाको मृत्यु भएपनि जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा भने अहिलेसम्म झाडापखालाबाट ३ जनाको मृत्यु भएको उल्लेख गरेकाे छ ।

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ८ बहादुरगंजका ४० वर्षीय पुरुष, कृष्णनगर नगरपालिका ९ बहादुरगंजका ६ वर्षीय बालक, शिवराज नगरपालिका ८ कोपवाकी ८ बर्ष बालिका,कृष्णनगर नगरपालिका ७ सुखरामपुरका २७ दिनको बच्चा र कृष्णनगर नगरपालिका ८ बहादुरगंजको एक जना महिलाको पेटमा रहेको बच्चा र कृष्ण नगर ८ बहादुरगंजका ४ वर्षका बालकको मृत्यु भएको हो ।झाडापखालाका बिरामीहरु शिबराज नगरपालिका तीन वटा वडामा समेत देखिन थालेका छन् । यस अघि कृष्णनगर नगरपालिकामा मात्र बिरामी देखिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP