Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

शिवराज ३ मा प्याड र ढकिया निर्माण तालिम सुरु

सीता बेल्बासे, चन्द्राैटा ।
शिवराज ३ मा एकै दिन प्याड निर्माण र ढकिया निर्माण सम्बन्धी तालिम सुरु भएको छ । शिवराज नगरपालिका वडा न. ३ को सहयोगमा किर्डाक नेपालको समन्वयमा आशा सञ्जाल बलुहवा र लागि गुराँस स्वावलम्बन समुहको आयोजनामा आइतबार वडा न. ३ बलुहवा र मदवा तालिम सुरु भएको छ ।

तालिमलाई सम्बोधन गदै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अहिलेको अबस्थामा मानिस जमना अनुसार बद्रलिनु सिक्नु पर्छ । हिजोको अबस्थामा सेनेटरी प्याड भन्ने कुरा थाहा थिएन अहिले बिभिन्न् माध्यम बाट जानकारी पाइन्छ । बिभन्न तालिम बाट सिकेका कुरालाइ व्यावहारमा लागु गर्दै दिगो रुपमा अगाडि बढाउनु पर्न बताउनु भयो ।

यस्तै शिवराज नगरपालिका वडा न. ३का वडाअध्यक्ष टेकलाल सापकोटाले किर्डाक नेपालले बिभिन्न संवाद क्लव गठन गदै समाज परिवर्तन गर्ने खालका शिक्षा, सिपमुलक तालिम प्रदान गदै आएको बताउनु भयो । गत वर्ष पनि तालिम सन्चालन भएको थियो तर अझ प्रभावकारी बनाउने उद्धेश्यले यो वर्षको बजेटले प्याड निर्माण बनाउने तालिम सन्चालन गरेको बताउनु भयो ।

तालिममा सहभागिको लागि आफुले सिकेका कामलाइ निरन्तर दिदै सामान गुणस्तरिय बनाउने कोसिस गर्नुस व्यवसाहिक रुपमा बजारिकरणको लागि आफुले पहल गर्न वडाअध्यक्ष सापकोटा बताउनु भयो । गत वर्षको तालिम पछि पनि प्याड निर्माण गर्न मेसिन दिएको बताउदै आगमि दिनमा पनि वडाबाट हुने सहयोग गर्न बताउनु भयो ।

व्यवसाहि कसरी बनाउन सकिन्छ गुणस्तरिय सामान निर्माण कसरी बनाउने भन्ने कुरामा ध्यान दिनु पर्न किर्डाक नेपालका जिल्ला संयोजक कृष्न रावलले जोड दिनु भयो । आधारभुत विद्यालयमा सेनेटरी प्याड निशुल्क वितरण भएको छ । स्थानियस्तरमा सामान गुणस्तरिय बनाउन सकेमा स्थानिय स्तरमा रोजगारी ,पैसाको बचत र पर्यवरणमा पनि असर नपर्न उहाँले बताउनु भयो ।

यस्तै आशा सञ्जाल बलुहवाको अध्यक्ष रासिका बुढा मगरले तालिम बाट सिकेका सिपलाइ व्वाहारमा ल्याउने बताउनु भयो । प्याड निर्माण तालिममा वडा न. ३ बलुहवाका २५ जनाको सहभागिता रहेको तालिम तिन दिन सम्म चल्ने कालिका स्वा.सामाजिक केन्द्र संयोजक कमला सापकोटा, पोषण सहजर्कता नैना अदैले सिकाउने किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता इन्दु थारुले बताउनु भयो ।

यस्तै ढकिया निर्माण तालिमा वडा न. ३ मदवाका २५ जना सहभागि रहेको तालिम २० दिन सम्म रिता थारुले सिकाउने किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता राजेश चौधरीले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP