Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कपिलवस्तुमा जनगणनाको तयारी अन्तिम चरणमा : ५८२ जना गणक खटिने

सागर वि.क. : कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको तयारी अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् ।

जिल्लामा जनगणनाका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो । जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले बताउनुभएको छ । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको उहाँले जानकारी दिनुभयो ।

दुई चरणमा गरिने जनगणनामा यसअघि कलिलवस्तुमा १३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । अब दोस्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्ने उहाँको भनाई छ । नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन जिल्ला जनगणना कार्यालय दाङका प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ । गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै उहाँले व्यक्तिगत विवरण सुरक्षित रहने बताउनुभयो ।

१०–१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै कुर्मीले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । बाणगंगामा १०६ जना गणक खटिने जनगणना अधिकारी टंक प्रसाद आचार्यले जानकारी दिनुभएको छ । बुद्धभूमिमा प्रश्नावली वितरणको कार्य सम्पन्न भईसकेको र बाणगंगामा पनि अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धभूमिमा ७७ जना गणक खटिदै छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP