Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

समावेशी, एकता र सद्भावको पर्व बन्दै छठ

किरणमान बज्राचार्य, कपिलवस्तु ।

तीन दशकअघिसम्म पूर्वी जिल्लाबाट जागिरका लागि जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्थे। अहिले भने छठ पर्व जिल्लामा एकता र सद्भावकाे रूपमा विकसित हुँदै गएकाे छ। मैथिली, पहाडी र अवधि समुदायलाई याे पर्वले जोडेको छ।

केही वर्षअघिसम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरुमा पनि बिभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि यो पर्व समावेशी र सांस्कतिक पर्वका रुपमा विकासित हुँदै गएको हो। अहिले काठमाडाैं, पहाडी जिल्ला लगायत तराईका जिल्लाहरुमा समेत धुमधामका साथ मनाउन थालिएपछि यो पर्व धार्मिक सद्भावका रुपमा स्थापित हुँदै गएको हो।

बिशेष गरी पूर्वका मधेसी समुदायले मात्र अंगालिएको छठ पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ। अराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व आइतबारबाट सुरु भई बिहीबार सम्पन्न हुँदै छ। बुधबार परेको छठको पूजाका लागि घर घरमा बिशेष तयारी गरिएको छ। 

जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या  हरेक वर्ष वृद्धि हुँदै गएको छ। कपिलवस्तु नगरपालिका–१ की नेवार समुदायकी समा शाक्यले एक दशकअघिदेखि छठ पर्व मनाइरहेकाे बताइन्। माईती घरमा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसंगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताइन्। बिभिन्न जात जातिहरुले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन्।

यस्तै, कपिलवस्तु नगरपालिका–२ की कुन्ती पासीले जमुहरा नदीमा सबैसंग सामूहिक पूजा गर्ने गरेको बताइन्। यस पटक पनि छठ पूजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसंग सामूहिकरुपमा पर्व मनाउन पाउँदा खुशी लागेको सुनाइन्। ‘सबै जना नदीमा गएर पूजा गर्छौ कुनै भेदभाव छैन,’ उनले भनिन्।

जिल्ला समन्वय समितिका सदस्य समेत रहेकी पासीले छठ पर्वले जिल्लामा धार्मिक सद्भाव समते कायम गरेको उल्लेख गरिन्। तौलिहाव उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले छठ पर्व जिल्लामा लोकप्रिय बन्दै गएको बताए। बिशेष शुद्धाशुद्धी, हर्ष–उल्लास, परिवार, मित्रहरु, आफन्तजनहरुसंग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उनी बताउँछन्। धनी, गरीब, हिन्दु, मुस्लिम, महिला, पुरुष, पहडी, मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको बिश्वास छ।

संचारकर्मी मनाेज श्रीवास्तवले जातिय, वर्गीय, मुद्दामा बिभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न यसले मद्दत मिल्ने बताउँछन्। पूर्वीय संस्कृतिमाथि विस्तारै पश्चात्यको पकड बढीरहेको बेला यो पर्वको ब्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको झनै महत्व बढ्दै गएको मानव अधिकारकर्मी रबि ठाकुर बताउँछन्।

यो पर्वको महत्ता र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने उनको माग छ। छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको केही चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार बिशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन सि पाइने भएकाले प्राणी जगतका लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिहेको हुन्छ। त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने समेत जनविश्वास रहँदै आएको छ।

छठ पर्वको पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीको दिनदेखि सुरु हुने गर्दछ। पहिलाे दिनलाई नहान खान भनिन्छ। यस दिन बिशेष शुद्धाशुद्धि अपनाइन्छ। यस दिनदेखि श्रद्धालुहरुले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतको परिकारहरुको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गर्छन्।

दास्रो दिन अर्थात पंचमीलाई खरना भनिन्छ। यस दिन ब्रतालुहरु दिनभरी उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि माटाेको नयाँ चुल्हाे र भाडामा सख्खर, दूध, र चामलको खीर पकाउँछन्। र, पकाएकाे खीर केराको पातमा राखेर छठी मातालाई चढाईन्छ र त्यसलाई प्रशादको रुपमा ग्रहण गर्ने गरिन्छ। पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझियाघाट भनिन्छ। पर्वको मुख्य दिनका रुपमा रहेको यस दिन बिहानै तेल र घ्यूमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाँच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेल लगायतका सामग्रीहरु राखिन्छ। सो सामग्रीहरु बासको टोकरी, सुपोमा राखेर जल, गाईको दूधसहित छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई घर फर्कने गर्दछन्।

कतिपय ब्रतालुहरु घर नफर्कि रातभरी बस्ने गर्छन्। भाकल बसेका केही व्यक्तिहरुले माटोका देवी देवताका मूर्तिहरु बनाई पूजाआजा गर्छन् जसलाई कोशिया भनिन्छ। कार्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व बिधिवतरुपमा सम्पन्न हुन्छ।

छठ पर्वका बिषयमा बिभिन्न कथा र किम्बदन्तीहरू रहेको पाइन्छ। सत्य युगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताइन्छ। यस्तै महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको थिइन्। त्यही बेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाइ छ। पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित बनेका साम्ब सूर्यको आराधनाबाट रोगमुक्त बनेपछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको पंडितहरु बताउँछन्।

उता सोमबारदेखि ४ दिनसम्म चल्ने छठ पर्वको तयारी पूरा भएको छठ पुवन समितिका अध्यक्ष गणशेलाल कर्णले बताए। उनले जमुहरा र रामघाट नदीमा छठ पर्वमा पूजा गर्न सबै व्यवस्था मिलाइएको बताए। रामघाटको वारी कपिलवस्तु नगरपालिका र पारी बुद्धभुमी नगरपालिकाले छठ पूजास्थल निर्माण गरेको छ।

फाइल तस्बिरः कपिलवस्तुको रामघाट नदीमा पूजाको क्रमममा सूर्यको पूजा गरिँदै।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP