Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

काठमाण्डौलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डाैलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले देशमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाण्डौ बनाउन पनि विद्युतीय गाडीको प्रयोग अति आवश्यक भएको स्पष्ट पार्नुभयो ।

शनिबार काठमाण्डौ स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशको आत्मनिर्भरतको निम्ति, काठमाण्डौ उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराउनु भयो । राष्ट्रपति भण्डारीले काठमाण्डौ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।

उहाँले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताउनु भयो । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गर्नुभयो । उहाँले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढ्न सके देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताउनु भयो ।

‘काठमाण्डौ उपत्यकामा विद्युतीय गाडीहरु सञ्चालनमा ल्याउने हो भने यहाँको वातावरण स्वच्छ हुन्छ र हामीले पेट्रोलियम पदार्थमा जुन बोझ बोकिराखेका छौं, त्यसबाट हामी मुक्त हुन सक्दछौँ’ राष्ट्रपति भण्डारीले भन्नु भयो, ‘त्यसैले हामीसँग स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डार जुन छ, त्यसलाई हामीले आत्मनिर्भरताको लागि किन प्रयोग नगर्ने ? काठमाण्डौ देशको राजधानी हो । यो नमूना हुन सक्छ । यसलाई नमूनाका रुपमा हामी अगाढि बढाउन सक्छौँ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP