Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

आमा समूहको लागि प्राथमिक आँखा उपचार तालिम सम्पन्न


नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ(एन.एब.बी.पी.),नर्वेको आर्थिक सहयोगमा बुद्धभुमी नगरपालिकामा आमा समूहहरुको लागि संचलित एक दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता,बुद्धभुमी नगरपालिकाका प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र उप प्रमुख मीरा थारुको विशिष्ट आतिथ्यतामा भएको तालिम कार्यक्रममा बुद्धभुमी नगरपालिकाका विभिन्न वडाका १८ जना आमाहरुको उपस्थिती रहेको थियो ।
तालिम कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले अन्धोपन न्युनीकरणको सवालमा आँखा अस्पतालसँगको सहकार्यलाई आगामी दिनहरुमा अझ घनिभुत तरिकाले अगाडि बढाउने बताउदै आमा समूहका सहभागीहरुलाई आफुले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । त्यसैगरी उप प्रमुख मीरा थापाले तालिम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै अन्धोपन न्युनीकरणमा स्थानीय निकायको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले शुभकामना मन्तव्यको क्रममा आँखा अस्पताल र नगरपालिका बीचको सहकार्यलाई निरन्तरता दिने उल्लेख गर्दै नगरपालिकामा शुरुवात गरिएको साप्ताहिक आँखा उपचार क्लिनिकमा स्थानीयहरु लाभान्वित भैरहेको र आमा समूहले यसको थप प्रचार प्रसार गरेर घर घरमा यसको सन्देश लिएर जानु पर्नेमा बिशेष जोड दिनु भयो । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले संचालन गर्नु भएको तालिम कार्यक्रमको प्रशिक्षक ओपेन्द्र चन्द रहनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP