Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

दाङमा बाघको छालासहित दुईजना पक्राउ

दाङ : दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवा बस्ने ३१ वर्षीय महेन्द्र खड्का र राजपुर गाउँपालिका-६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बाघको छाला ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरूलाई आइतबार साँझ घोराही उपमहानगरपालिका-१६ गरुवा चोकबाट बाघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले बताए।

उनले अनुसार रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको आशङ्कामा जाँच गर्दा उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र १ फिट ८ इन्च चौडाइको  बाघको छाला बरामद भएको थियो।

प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका ३ सेट मोबाइल बरामद गरेको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP