Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

२ कराेड ४४ लाख रुपैयाँ सम्पत्तिकाे स्राेत नखुलेपछि पूर्व नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत रहँदा अवकाश पाएका नायब सुब्बा झाको दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ सम्पत्तिकाे स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

२०३९ साल मङ्सिर ९ गते गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका झाले २०७८ साउनमा नायब सुब्बा पदबाट अवकाश पाएका हुन् । २०३९ सालदेखि २०७८ सालसम्मको उनको समग्र आम्दानी तथा खर्च एवम् लगानीलाई आधार मानेर छानबिन गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो । समीक्षा अवधिमा झाले दुई करोड ४२ लाख ६७ हजार आयआर्जन गरेको र चार करोड ८७ लाख ३८ हजार रुपैयाँ खर्च एवम् लगानी गरेको देखिएको आयोगकाे विज्ञप्तिमा उल्लेख छ ।

वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले त्यस बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि माग दाबी गरिएको अख्तियारले जनाएको छ । झाको स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै आयोगले झाकी श्रीमती र तीन छोरालाई पनि प्रतिवादी कायम गरेको छ । 

यसअघि पनि गएको शुक्रवार पूर्व नासु भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेकाे थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP