Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

वन संरक्षण सम्वन्धि अन्तरक्रिया

माधव बेल्वासे, चन्द्रौटा
कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिले वन संरक्षणको लागि उपसमिति सँग अन्तरक्रिया गरेको छ । वडा गत रुपमा अन्तक्रिया गरि साझेदारी बनले गरेका कामको बारेमा जानकारी सहित आगामी योजनाको विषयमा समेत छलफल भएको कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारीले बताउनुभयो ।

अन्तरक्रियाको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले बन संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । साझेदारी बनले गरेका कामहरु यसरी सार्वजनिक गरेर सबैलाई नागरिकहरुले जानकारी पाएको र आगामि योजनाको विषयमा समेत छलफल हुनुले सकारात्मक सन्देश जाने बताउनुभयो । बनको विषयमा प्रतिनिधि सभा पनि पटक पटक आवाज उठने गरेकोले यहि ऐन कानुनहरु बाझिएको बताउनुभयो । जनता सँग नजिक भएर काम गर्ने साझेदारीले नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले साझेदारी बन र शिवराज नगरपालिका विच सहकार्य हुन आवश्यक रहेको जिकिर गर्नुभयो । बन संरक्षणमा नगरपालिका गम्भीर रहेको बताउँदै छाडा चौपायाको विषयमा बन र पालिकाले केहि योजना बनाउनुपर्ने बताउनुभयो । खोलाहरुको टेन्डरको विषयमा बन र पालिका विच बाझिएका कुराहरु छलफल मार्फत समाधान गरिने उहाँले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटा,डिभिजन बनका सहायक अधिकृत कल्याण सापकोटा लगाएतले बनले गरेका कामहरुको बारेमा प्रशंसा गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेश तिवारीले विगत केहि समय देखि वैज्ञानिक बन व्यावस्थापनको काम रोकिएको बताउनुभयो । सरकारले दिगो संरक्षणको विषय ल्याएको भएपनि काम सुचारु हुन नसकेको बताउनुभयो । पछिल्लो समय साझेदारी बनमा दाहसंसकारको लागि दाउराको समेत अभाव भएको बताउनुभयो । उहाँले साझेदारीले आफ्नै भवन निर्माण,अतिक्रमित क्षेत्रमा वृश्रारोपण लगायत विभिन्न काम गरेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP