Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति

काठमाडौं : इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन्। प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन्।  इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ।

पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण१५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ। यो भिडन्त इजरायल र गाजा बीच मे २०२१ मा भएको ११ दिने हिंसापछिको सबैभन्दा गम्भीर भिडन्त भएको बीबीसीले जनाएको छ। 

इजरायली सेनाले गाजामा इस्लामिक जिहादलाई लक्षित गरेर कयौं रकेट र ड्रोन प्रहार गरेको पुष्टि भएको छ। युद्धविरामको सहमति भएको केहिबेरसम्म पनि दुवै पक्षले रकेट प्रहार गरेका  थिए।

इजरायली सेनाले गाजा पट्टीबाट आतंकवादी समूहले आक्रमण थालेपछि त्यसको जवाफ दिएको जनाएको छ। इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको थियो। 

गाजाको स्वास्थ्य मन्त्रालयले ४३ जना प्यालेस्टाइनीको मृत्यु र ३०० भन्दा बढी घाइते हुनुमा इजरायली आक्रमणलाई दोष दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP