Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

अभिभावकहरुलाई दिने रुपान्तरण प्याकेज तालिम प्रदान


कपिलवस्तु । अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे ३ दिवसीय तालिम कपिलवस्तु जिल्लाको शुद्धोधन गापाका ४ समूह, कपिलवस्तु नगरपालिकाको ३ समूह र विजयनगर गाउपालिकाको ४ समूह गरी कुल ११ समूह समूहका २२० जना अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे तालिम प्रदान गरिएको छ । रुपान्तरण शिक्षाले किशोर किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन कसरी आउछ र त्यसको लागि अभिभावकहरुको के कस्ता भूमिकाहरु हुनु पर्दछ भन्ने विषयमा रुपान्तरण कक्षाले विभिन्न विषयवस्तु माथि छलफल मार्फत सिकाई आदान प्रदान भएको छ ।
परियोजनाको उद्देश्य: बाल विबाह तथा लैंगिक हिंसाको अन्त्य, किशोर किशोरीहरुलाई सामाजिक हानिकारक मूल्यमान्यता वारे सचेत गराउनु, बाल विबाह रोकथाम गर्ने, किशोरी सशक्तिकरण, सामाजिक तथा लैंगिक मान्यतामा रुपान्तरण र बालविबाह रोकथाममा स्थानीय सरकारको प्रयास जस्ता उद्देश्यलाई सफल बनाउनका लागि कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, शुद्धोधन गाँउपालिका र विजयनगर गाँउपालिकाका २५ समूहका अभिभावकहरुलाई रुपान्तरण कक्षा वारे तालिम संचालन गरिने छ । जुन आज ११ ठाँउमा सम्पन्न भएको र वाकी १४ ठाँउको लगतै शुरु हुनेछ ।
अभिभावकहरुलाई रुपान्तरण तालिममा विभिन्न विषयवस्तुहरु बाल अधिकार, किशोरावस्था, लैंगिकता र सामाजिक समावेशीकरण, यौन तथा प्रजनन स्वास्थ्य, बाल बिबाह, दुरब्यवहार र हिंसा लागु पदार्थ, जीविकोपार्जन र आर्थिक शिक्षा लगायतका विषयवस्तुमा सहजकर्ताहरुले सहजीकरण गर्नु भएको थियो ।
सामाजिक रुपान्तरणमा अहम भूमिका निर्वाह गर्न अभिभावकहरुलाई तयार पार्नका लािग खेल, कथा, कहानी, गीत, चित्र, भीडियो र भूमिका अभिनय लगायतको विधिवाट तालिम भएको थियो । जसको जानकारी परियोजनाका जिल्ला सुपरभाईजर रिखिराम निगमले दिनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP