Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

मन्त्रालयको कल सेन्टरमा दैनिक २ सयभन्दा बढी गुनासो

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्।

आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा र जिज्ञासा सुन्दै कार्यक्रमको सुरुवात गरेका छन्।

अबदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूका गुनासा सुन्ने र तिनका समाधानका लागि पहल गर्ने बताए।

मन्त्री कुँवरसँग फोनमार्फत प्रत्यक्ष रूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका छन्। जसलाई मन्त्री कुँवरले संबाेधन गरेका छन्।

कार्यक्रममा विशेष गरी मलेशियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए।

उनीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्रालय श्रमिकको पक्षमा भएको जानकारी गराउँदै ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताए।

मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ। अहिले कल सेन्टरमा दैनिक २०० बढी गुनासाहरू आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्याण्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा  कुरा गर्न सकिनेसमेत मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP