Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

बाणगंगाका मेयर अर्यालले भने- ‘तीजमा मौलिकता हराउँदै गयो’

सागर वि.क. ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले तीजमा मौलिकता क्रमश हराउँदै गएको बताएका छन् । नारीहरुको महान पर्व हरितालिका तीजमा पहिले जस्तो मौलिकता नझल्कने भन्दै उनले चिन्ता व्यक्त गरे ।

बाणगंगा नगरपालिका वडा नं.२ ले बुधबार आयोजना गरेको तीज गित प्रतियोगितामा बोल्दै मेयर अर्यालले यस्तो बताएका हुन् । ‘हाम्रो आमा, हजुरआमाको बेलामा तीज यसरी मनाउने चलन थिएन्, पहिले मनाउने तीजमा मौलिकता पाईन्थ्यो तर अहिले त्यो मौलिकता हराउँदै गयो’ उनले भने, ‘होटल, रिसोर्टहरुमा गएर दर खाने, नाँच्ने गाउने चलनको विकास भएको छ ।’

महिलाहरुका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृत मौलाउँदै गएको उनले बताए । नारीहरुको पर्व तीजलाई नारीहरुको सभ्यता, आर्दशसंग मिल्ने गरि सभ्य तरिकाले मनाउन मेयर अर्यालले आग्रह गरे ।

उप-प्रमुख रिता कुमारी चौधरीले तीजमा भित्रिएको विकृतिलाई हटाउँदै जान आवश्यक रहेको बताईन् । पछिल्लो समय तीजका गितहरु घर, परिवारसंग बसेर हेर्न, सुन्न नसकिने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले नारिहरुको महान पर्व तीजलाई मौलिकता झल्किने गरि मनाउन आवश्यक रहेको बताए । वडाले परम्परागत रुपमा नारिहरुले मनाउँदै आएको पर्व तीजलाई विगतदेखि नै संरक्षण प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष पौडेलले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP