Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

‘नेता नभएर होइन राजनीतिलाई सही ट्र्याकमा ल्याउन ओली नै प्रधानमन्त्री’

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वको अभावमा नभइ राजनीतिलाई सही ट्र्याकमा अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताएका छन्। 

केन्द्रीय प्रचार तथा प्रकाशन विभागले काठमाडौंमा सोमबार आयोजना गरेको पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा बोल्दै पोखरेलले कामका हिसाबले लोकप्रिय हुँदै गएपछि ओली सरकार ढालिएको बताए। 

तत्कालीन पार्टी नेकपा फुटबाट जोगाउन प्रचण्डलाई भेटेको स्मरण गर्दै पोखरेलले ओली नेतृत्वको सरकारमा चुनावमा जाने आफ्नो प्रस्ताव प्रचण्डले नमानेको सुनाए।

‘पार्टी विभाजनबाट रोक्न सकिन्छ कि भनेर म पुस ५ गते प्रचण्डलाई भेट्न उहाँको निवासमा पुगेँ।  मैले उहाँलाई छिटो गरेर ओलीजी कै नेतृत्वमा चुनावमा जाऔं, त्यसपछि तपाईँ प्रधानमन्त्री हुनुहोला, त्यसरी पनि आलोपालो हुन सक्छ भनेँ’, पोखरेलले थपे, ‘तर प्रचण्डजीले केपी ओली जनताका बीचमा अलोकप्रिय हुनुहुन्छ, उहाँको नेतृत्वमा चुनावमा जान सकिँदैन भन्नुभयो । मैले तपाइँहरुभन्दा उहाँ लोकप्रिय हुनुहुन्छ भन्दा पत्याउनुभएन। तर उहाँहरुले अहिले एमाले एक्लैसँग चुनाव लड्न गठबन्धनबाहेक अर्को बाटो देखिरहनु भएको छैन ।’ 

उनले आफूहरु कुनै प्रकारको गठबन्धनको पक्षमा नभएको भन्दै आफ्नै नीतिमा अघि बढ्ने बताए। ‘हामी गठबन्धनको पक्षमा छैनौं, उनले भने, ‘स्थानीय तहमा तालमेल हुन सक्छ त्यसका लागि खुला छौं।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP