Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

पाइपलाइनले बचायो पाँच अर्ब, सोचे झैँ सफलता : निगम

बारा : पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने उद्देश्यले संचालनमा ल्याइएको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको तीन वर्ष पूरा हुँदा नेपाल आयल निगमले पाँच अर्ब बचत गरेको छ।

अमलेखगञ्जस्थित आयल निगमको प्रादेशिक कार्यालयले पाइपलाइनको तीन वर्ष सफल भएको अवसरमा आयोजना गरेको कार्यक्रममा पाँच अर्ब बचत गरेको बताएको हो।

प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले सहज र सुलभ तवरले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उद्देश्यमा पाइपलाइन सफल देखिएको बताए। ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाई हुने जस्ता विभिन्न किसिमका समस्या निगमले भोगिरहेको थियो।

पाइपलाइनबाट इन्धन ल्याउँदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा सोचे अनुरुपको बचत भएको यादवको तर्क छ।

निगमले अहिले पाइपलाइनबाट डिजलमात्रै ल्याईरहेको छ। पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको यादवले जानकारी दिए। संचालित पाइपलाइनको वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना अन्तर्गत मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि संचालनमा आएको थियो। पाइपलाइनको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ नेपाल र भारतबाट बटम थिचेर गरेका थिए।

हाल संचालनमा रहेको ६९.२ किलोमिटरको पाइपलाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ। दुई वर्षभित्र पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको बताउँदै यादवले पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लैजाने तयारी गरिएको जानकारी गराए।

इन्धन पाइपलाइन चितवन र ग्याँस पाइपलाइन सर्लाहीसम्म लैजाने योजना निगमको छ। ग्यास पाइपलाइन संचालनमा आएपछि वार्षिक ४ अर्ब बचत हुने यादवले बताए। उक्त कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललगायत विभिन्न सुरक्षा निकायका प्रमुख, निगमका पदाधिकारीलगायत सहभागी थिए।​

अमलेखगन्ज डिपोको अवस्था

अमलेखगञ्जस्थित प्रादेशिक कार्यालय नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डारण क्षमता भएको डिपो हो। २०३३ सालमा निर्माण भएको यो डिपो अहिले ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। यस डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, तीन हजार चार सय ३० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ।​

अमलेखगन्ज डिपोको क्षमताले देशको २.५ दिनको पेट्रोलियम पदार्थको माग धान्न सक्ने अवस्था छ। देशको २६ जिल्लामा आपूर्ति व्यवस्थापन गर्दै आएको डिपोसँग अहिले चार सय २४ डिलर, दुई सय ६४ ढुवानीकर्ता रहेका छन्।

अमलेखगञ्जबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ। यस डिपोले दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ।

डिपोको सुरक्षाका लागि २४ लाख लिटरको पानी ट्यांकीसहित फायर फाइटिङ्गको व्यवस्था गरिएको छ। डिपो तथा पाइपलाइन क्षेत्रमा २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन छ। डिपोमा प्रतिघण्टा दुई सय ८८ किलोलिटर डिस्चार्जयुक्त दुईवटा फायरइन्जिन छ।

प्रत्येक लोडिङ अनलोडिङ वेमा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका सयभन्दा बढी फायर बोतलको व्यवस्था छ। सम्भावित आगलागी नियन्त्रणका लागि डिपोसँग आफ्नै २ वटा दमकलसमेत रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP