काठमाण्डाै – संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकले विभूषित गरिने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।
नेपाल रत्न पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई प्रदान गरिएको छ । त्यस्तै राष्ट्र गौरवबाट स्वर्गीय जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई विभूषित गरिएको छ ।
सुप्रसिद्ध प्रबल जनसेवाश्री संस्कृतिविद् डा. जगमान गरुङलाई प्रदान गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया