Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, साढे २७ हजारमा संक्रमण

काठमाडौं : नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो।

यो संख्या नेपालमा डेङ्गु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि  २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

इडिसिडीका अनुसार संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ।  पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा २१ हजार ५ सय ८९ मा डेङ्गु भएको छ। लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१, प्रदेश १ मा  ८१५ संक्रमित रहेको इडिसिडीले जनाएको छ। त्यस्तै मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेङ्गु भएको छ। 

सातवटा जिल्लामा मात्रै २३ हजार ५ सय ७१ संक्रमित रहेको इडिसिडीले जनाएको छ। सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४ सय ९६ ललितपुरमा ६ हजार ४ सय ९८ जनालाई डेङ्गु भएको छ। 

यस्तै मकवानपुरमा २ हजार ६ सय ९१ दाङमा १ हजार ४ सय १० र भक्तपुरमा १ हजार ७६ जनामा डेङ्गु देखिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP