Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

पश्चिममा मनाईने करवा चौथ पर्व

कपिलवस्तु । पश्चिम तराईमा महिलाहरूले पतिको दीर्घायु (लामो) उमेरका लागि दिन भरि व्रत बसी करवा चौथ पूजा गर्दैछन । नेपालकाे पश्चिम तराईका धेरै जिल्लाहरूमा विवाहित मधेसी महिला आफ्नो पतिको दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गर्दछन् ।

कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पति को सु-स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् । टोल टोलका महिलाहरू एक एक ठाउँमा जम्मा भई करवा चौथसंग सम्बन्धित कहानी सुनाई धूमधामका साथ पूजापाठ गर्दछन् ।रात्रिमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा अर्चना गरेपछि पतिको हातबाट मिठा परिकार ग्रहण गरी व्रत तोड्ने चलन रहेको छ ।

कतै पतिको अनुहार चलनीमा हेरेपछि पानी खाई व्रत तोड्ने गरेको पाइन्छ । खासगरि भारतको उत्तर प्रदेश र विहारसँग जोडिएका नेपाली क्षेत्रमा स्थानीय महिलाहरूले दिनभरि व्रत बसी साँझ पखमा नयाँ चामलको फारा, आसा ,तरकारी पुरी, खीर बनाउने चलन रहेको छ । महिलाहरूको व्रत सके पछि उक्त परिकार खाने चलन रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP