Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

करिब २० महिने अवधीमा के–के गरे त पूर्व कृषिमन्त्री खनालले ?

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल बलदेव ले आपनो २० महिने कार्यकालमा के के गरे ?

बर्षौदेखी अल्झिएर बसेका कृषि व्यवसाय प्रवर्द्धन ऐन, पशु स्वास्थ्य तथा पशु सेवा ऐन लगायतका ७ वटा ऐनहरु स्विकृत ।
वर्षेनी हुने गरेको मिल्क होलिडे सदाको लागि अन्त्य गर्न धुलो दूध आयातलाई अनुज्ञा पत्र नदिई आयात रोकिएको । स्मरण रहोस धुलो दुध आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको ।

वर्षौदेखी उखुमा दिने गरिएको अनुदान रकम किसानको नाममा विचौलीया तथा उद्योगीहरुले दुरुपयोग गरिराखेको अवस्थामा कार्यविधि संसोधन मार्फत अनुदान रकम सिधै नेपाली किसानको खातामा जाने व्यवस्था गरेको । स्मरण रहोस् यही विषयमा कार्यविधि संसोधनको विरोध गर्दै हृदयेश त्रीपाठिले कृषि मन्त्रालय खारेज गर्नुपर्छ भन्दै वक्तव्यवाजी गर्दै हिडेको ।

खसी बोका आयातमा विगतदेखी नै हुने गरेको लापरबाहीलाई अन्त्य गर्दै क्वारेन्टाईनसम्बन्धी कानुनको कडाईका साथ कार्यान्वयन गरी खसिवोका आयातलाई अन्त्य गरिएको । स्मरण रहोस खसिवोका आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको ।
किसानको हकहित संरक्षण गर्न र कृषि अनुदानलाई वास्तविक किसानहरुमाझ समतामुलक तरिकाले उपलब्ध गराउन निर्देशिका तयार गरी स्विकृतिको लागि मन्त्रिपरिषदमा पेश भएको तर ४ महिनादेखि रोकिएको ।

किसानहरुको वर्गिकरण गरी किसान पेन्सन लगायतका सुरक्षाका कार्यक्रमहरु संचालनको लागि नियमावली तयार भएको र यस आर्थिक वर्षमा कार्यान्वयन हुने गरी कार्यक्रम तयार गरिएको ।
कृषिमा युवाहरुको आकर्षण वढाउन कृषिमा यूवा कार्यक्रम संचालन गरिएको ।

मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिहरुलाई पारदर्शी बनाउन नियुक्ति मापदण्ड तयार गरीएको तर करिव ६ महिनादेखी उक्त मापदण्ड मन्त्रीपरिषदमा अड्किएको । नियुक्तिको विषयमा शक्ति केन्द्रहरुको अनावश्यक चासो तथा दवाव आउने गर्दछ ।
कृषि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर वनाउन बजेट तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा रहेको ।

खाद्य स्वच्छता अभियान संचालन गरिएको तथा विषादी परिक्षणको लागि सुविधासम्पन्न ल्याबहरुको स्थापनाको कार्य अगाडि बढेको ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP