Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

जनतालाई झुक्याउन गठबन्धन भयाे : मंगल गुप्ता

कपिलवस्तु

कपिलवस्तु क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले जनतालाई झुक्याउन गठबन्धन भएको बताउनुभएको छ । नेकपा एमालेले कपिलवस्तुले बहादुरगञ्जमा आयाेजित बृहत आम सभालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभयो ।

आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै सोमबार आयाेजना गरिएको सभामा सबैकाे भावना अनुसार काम गर्न सक्ने पार्टी एमाले मात्रै रहेकाे बताउनुभयो । आम नागरिककाे समस्यालाई मध्यनजर गर्दै गरेकाे भए जनतालाई झुक्याउने कार्य घृणित रहेकाे उम्मेदवार गुप्ताले दावी गर्नुभयाे ।

उम्मेदवार गुप्ताले सर्वसाधारण अटाउन नसक्ने गठबन्धन भएको बताउँदै नागरिक ठगेर नेतृत्वमा पुग्नको लागि मात्र गठबन्धन भएको उहाँलेले आरोप लगाउनुभयाे ।

यस्तै क्षेत्र नम्बर ३ (क) प्रदेश सभा सदस्य उम्मेदवार अर्जुन कुमार केसीले समग्र देशको विकास र परिर्वनको लागि एमालेको जित अपरिहार्य रहेको उल्लेख गर्नुभयाे । एमालेले जिते पछि शिक्षा, स्वास्थ्य, कृषि र नागरिकले महशुस गर्ने गरी विकासको छाप छाड्ने उहाँले दाबी गर्नुभयाे ।

यसैबीचक्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले २०७४ मा एमालेले नेतृत्व गरेका स्थानीय तहमा विकासले फड्को मारेको बताउनुभयाे । अब बाँकी विकासको अपेक्षा पुरा गर्न एमालेले जित्नुपर्नेमा उम्मेदवार खाँले जोड दिनुभयाे ।

भेलालाई एमाले नेता शुशिल कुमार श्रीवास्तब, नेत्रराज अधिकारी, सफर अलि मियाँ, शिव प्रसाद जैसवाल, महादेव पोख्रेल लगायतले सम्बोधन गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP