Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

भारी मत सहित जित सुनिश्चित रहेको शाहको भना

कपिलवस्तु

कपिलवस्तु क्षेत्र न.३ का भारी मत सहित जित सुनिश्चित रहेको शाहको भनाई सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले मंसिर ४ गते हुने लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभएको छ । आज कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै शाहले आफुले क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो ।

शाहले आगामी निर्वाचनमा संविधानलाई ध्वस्त पार्ने तत्वलाई मत दिन नहुने जिकिर गर्नुभयो । शाहले माओवादी र एमाले विच भएको एकतालाई ओलीले कायम राख्न नसकेपछि माओवादीको आग्रहमा अहिलेको सरकार निर्माण भएको बताउनुभयो ।

संविधान बचाउनको लागि काग्रेस र माओवादी लगायतका पार्टीको गठबन्धन भएको बताउँदै आगामी सरकार पनि गठबन्धनकै बन्ने दावी गर्नुभयो । जनताको मतलाई अपमान गरेको एमालेलाई अहिले चुनावमा मत माग्न लाज लागिरहेको बताउनुभयो ।

प्रदेशको मुख्यमन्त्री विरेन्द्र कनोडिया,प्रदेशको मन्त्री एहसान अहमद खाँ र आफु केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा क्षेत्र न ३ (१) प्रदेश सभा सदस्य एहसान अहमद खा ले आफु माओवादीको मात्र नभइ काग्रेसको पनि उम्मेदवार रहेको जिकिर गर्नुभयो । निर्वाचन पश्चात प्रदेश र केन्द्र सरकार गठबन्धनको बन्ने हुदाँ सबैले गठबन्धनलाई मत दिनुपर्ने जिकिर गर्नुभयो । क्षेत्र भित्रका सम्पूर्ण समस्याहरु पहिचान गरेकोले ती समस्या समाधान आफ्नो नेतृत्वमा हुने दावि गर्नुभयो ।

क्षेत्र न ३ (२) प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले ५ वर्षको अवधिमा २ वर्ष मात्र सरकारमा आफुहरु रहेको बताउनुभयो । २ वर्षको अवधिमा आफ्नो क्षेत्र भित्र ठुलो लगानी गरेकोले विकास र समृद्धीको लागि आफु निरन्तर जनतामा रहेको बताउनुभयो । कार्यक्रममा काग्रेस र माओवादीका विभिन्न नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP