Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

शाहले भने :’अमेरिकावाट चुनाव लडन आएकालाई जनताले पुन अमेरिका पठाउंछन’

कपिलवस्तु । लोकतान्त्रिक वाम गठवन्धन कपिलवस्तु क्षेत्र न ३ का उम्मेदावर अभिषेक प्रताप शाहले लोकतान्त्रीक बाम गठवन्धनका सवै उम्मेदावर विजयी हुने दावी गरेका छन । कपिलवस्तु क्षेत्र न ३ मा दोस्रो तेस्रो स्थानको लागी राजनीती दलहरु कसरत गरिहेको वताएका छन । लोकतान्त्रिक वाम गठवन्धनले जिल्लाको वहादुरगंजमा आयोजना गरेको चुनावी शभालाई संवोधन गर्दै उम्मेदावर शाहले २०७४ को निर्वाचनमा पराजीत भएर अमेरिका पलायन भएका उम्मेदावर फेरी चुनावी मैदानमा आएको भन्दै उनलाई जनताले फेरी अमेरिका पठाईदिने वताए । शाहले कसैको डर धम्की र प्रलोभनमा नपरी ढुक्क भएर मतदान प्रक्रीयामा सामेल हुन आग्रह गरेका छन ।

क्षेत्रवासीको साथ र भरोसाको विश्वास टुटन नदिने समेत शाहको भनाई रहेको छ । यस्तै प्रदेश शभा १ का उम्मेदावर एसहान अहमद खांले गठवन्धनका उम्मेदावर सवै भन्दा अगाडी रहेको वताएका छन । उनले आफुलाई कुनै लोभ लाज नभएका कारण विजयी भए जनताको काममा अग्रसर हुने वताएका छन ।

आफु नगरपालीकालाई कव्जामा लिएर ठेकेदारी गर्न चुनावी मैदानमा नआएको भन्दै निर्वाचन पछि जनताको काममा समर्पित हुने वताएका छन । यस्तै प्रदेश शभा २ का उम्मेदावर विरेन्द्र कुमार कनौडियाले काम गरेन भन्ने विपक्षीलाई आफनो क्षेत्रमा आएर अवलोकन गर्न चुनौती दिएका छन । कनौडियाले करोडौंका योजनाहरु क्षेत्रमा ल्याएको र चार सय दलीत परिवारको घर वनाएको दावी गरेका छन । सरकारमा नहुंदा विपक्षीले एउटा योजना लागु गर्न दिएनन , सरकारमा भएको १७ महिनामा करौंडौको योजना ल्याउन सफल भए नेता कनौडीयाले भने , निर्वाचनमा विजयी भए आफुलाई मुख्य मन्त्री हुनवाट कसैले रोक्न नसक्ने पनि उनको भनाई रहेको छ ।

चुनावी सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम कपिलवस्तु क्षेत्र न ३ का समानुपातिक उम्मेदावर रुपा विक , माओवादी केन्द्रीका समानुपातिक उम्मेदावर उमा विक ,नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल , जिल्ला सचिव प्रेम व रायमाझी लगाएतले संवोधन गरेका थिए । माओवादी केन्द्रका प्रदेश सदस्य एवंम प्रचार प्रसार समीतीका सह संयोजक राजेन्द्र आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य अर्जुन सापकोटाको स्वागत र युवा नेता राजु खरालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP