Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

कपिलवस्तु : कपिलवस्तु क्षेत्र नं. ३ मा चुनावी रौनक बढेको छ। उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। सत्ता गठबन्धनबाट अभिषेकप्रताप शाह  र एमालेबाट मंगलप्रसाद गुप्ता चुनावीमा मैदानमा छन्। 

शाह चौथो पटक संसदमा छिर्ने तयारी गरिरहँदा गुप्ता शाहलाई हराएर पहिलोपटक जित्ने दाउमा छन्। पार्टी फेर्दे चुनाव लड्दै गरेका गुप्तालाई एमालेकै डर रहेको छ। 

२०७४ सालमा निर्वाचनमा जसपाबाट उम्मेदवार रहेको गुप्ता अहिले एमालेबाट निर्वाचन लडेका छन्। नवप्रवेशी गुप्तालाई एमालेकै डर छ। एमालेले जनता प्रगतिशील पार्टीका उम्मेदवार ईश्वरदयाल मिश्रलाई भोट दिनसक्ने भएकोले उनलाई डर छ।

तीन पटकसम्म निर्वाचन जितेर आफ्नो पकड बनाएका शाह भने विगतमा भन्दा यो पटक निर्वाचन जित्न झनै सहज भएको महसुस गरेका छन्। सत्ता गठबन्धन  एकल उम्मेदवार रहेका शाह निर्वाचन जित्ने ढुक्क छन्। 

अधिकांश क्षेत्र मधेश रहेकोले उनी यहाँका लोकप्रिय नेताको रूपमा आफूलाई परिचित गरेका छन्।  शाह बिहानैदेखि कार्यकर्ता भेटघाट गरिरहेका छन्। उनै शाहसँग सहकर्मी माधव बेल्वासेले गरेको कुराकानी :

निर्वाचन जित्ने तपाईँका आधार के–के हुन्?

मैले यस क्षेत्रमा गरेका कामको आधारमा मैले निर्वाचन जित्दै छु। कुरा गर्ने काम नगर्ने उम्मेदवारले निर्वाचन जित्दैन। म थोरै बोल्छु, धेरै काम गर्छु। कोरोनाको समय देखि अन्य समयमा पनि मैले नागरिकको दु:ख सुखमा साथ दिएको छु।  

जनताका हरेक दुखमा काँध थापेको छु। विकासको लागि केन्द्र प्रदेशमा पटक पटक पहल गरेको छु। लामो संर्घषपछि बनेको संविधानलाई मास्न एमालेले जसरी संसद् विघटन गर्‍यो त्यसविरुद्ध हामी आन्दोलनसँगै नयाँ गठबन्धन निर्माण गरेर संविधान जोगाएका छौँ। 

प्रत्येक समयमा गाउँगाउँमा पुगेर काम गरेको हुँदा म निर्वाचन जित्नेमा ढुक्क छु।

प्रतिस्पर्धीलाई तपाईँले कमजोर सोच्नुभएको छ।  नागरिकले तपाईँलाई फेरि किन भोट दिन?

मेरा प्रतिस्पर्धीलाई म सम्मान गर्छु। हामी लोकतन्त्रमा छौँ। यहाँ सबै उम्मेदवार बन्न पाउँछ  तर कसलाई चुन्ने भन्ने जनताको हातमा छ। म एक युवा हुँ। विकास र परिवर्तन युवाबाट मात्र सम्भव छ।

विगत पाँच वर्षको अवधिमा लामो समय त कोरोनाले प्रभावित बनायो। यो समयमा पनि म भारतको सीमा क्षेत्रमा बस्ने भएकोले नेपाली दाजुभाइ सीमामा अलपत्र भएको अवस्थामा कसरी आइसोलेसनसम्म पुराउन सकिन्छ भनेर आफैँ लागेको थिए। 

धेरै जनालाई सुरक्षित साथ घर पुर्‍याए। यो अवधिमा हाम्रो सरकार पनि भएन पछिल्लो समय कम्युनिस्ट पार्टी फुटेपछि मात्र हाम्रो सरकार निर्माण भयो। मेरो क्षेत्रमा ठुला ठूला योजनाहरू सञ्चालन भइरहेका छन्, जसको पहल मैले गरेको हुँ। 

चन्द्रौटा कृष्णनगर सडक, हुलाकी सडक लगायत यहाँको विद्यार्थीहरूलाई सहज रूपमा शिक्षा प्रदान गर्नुपर्छ भने विद्यालयहरू बसको पहल लगायत धेरै काम मैले गरेको छु। फेरि मलाई निर्वाचित गराएको यस क्षेत्रमा कृषि ,स्वास्थ्य, शिक्षा, युवा खेलकुदलाई प्राथमिकता दिएर विकासका काम गर्ने प्रतिबद्धता जनाउँछु।

उम्मेदवारले निर्वाचनअघि प्रतिबद्धता जनाउँछन्। जितेपछि कामै गर्दैनन्। तपाईँ पनि त त्यस्तै होला नि?

म त्यस्तै होइन। अघि नै भनिसके म कम बोल्छु। बोलेर हुँदैन काम गर्नुपर्छ । निर्वाचन जिते आफ्नो क्षेत्र हारेपछि कोही अमेरिका जाने कोही काठमाडौं जानेहरू म सँग प्रतिस्पर्धा गर्दै छन्। आफूले चुनेको व्यक्ति जब आफूलाई दुख पर्दा हुँदैन भने त्यस्तै नेता किन चाहियो? ढुक्क हुनुस् म बोलेका कुरा पुरा गर्छु।

चुनावपछि त हाम्रो सरकार बन्दै छ। सकेसम्म म नै कुनै मन्त्रालयको जिम्मेवारी पाउँला। यहाँ धेरै काम गर्न बाँकी छ. ती सबै कामहरू क्रमशः हामी गर्नेछौँ। म आम मतदातालाई यो भन्छु कि अब लोकतान्त्रिक गठबन्धनको सरकार बन्दै छ। सबैले मत खेर नफाली गठबन्धनलाई जिताउनुस्।

०००

उमेरले ७७ वर्ष पुगेका एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ताले आठ पटकसम्म निर्वाचन लडिसके। तर जितेको इतिहास  छैन। नेपाली कांग्रेसबाट सुरु गरेका उनी पार्टी फेर्दै उम्मेदवार बन्दै गरेका छन्। अहिले एमालेका उम्मेदवार रहेका गुप्तासँग गरिएको कुराकानी–

पटक–पटक निर्वाचन हार्नुभयो। फेरि अहिले पनि उम्मेदवार बन्नुभएको छ। यसपटक जित्ने आधार के छ?

म विगतमा काँग्रेसमा रहँदा अन्तर घातको कारण हारेँ। अन्य पार्टी क्षेत्रीय पार्टी रहेकोले म पराजित भएको हुँ। नेतामा सम्झौता हुन्छ जनतामा सम्झौता हुँदैन त्यस कारणले व्यक्तिको पहिचान पनि भइरहेको छ। 

अहिलेको सत्ता गठबन्धनको पक्रिया असफल छ त्यस कारणले मैले धेरै जित्ने सम्भावना छन। यो क्षेत्रले परिवर्तन चाहेको छ त्यो मबाट मात्र सम्भव छ। यही आधारमा मैले जित्छु। म निर्वाचन हारे पनि जनताको सेवामा छु। जनताले यो पटक मलाई भारी मतसहित विजयी गराउँछन्।

अहिले त युवालाई जिताउनुपर्छ भन्ने लहर चलेकाे छ। तपाईँलाई जनताले भोट देलान् त?

हेर्नुस्, सांसदको जुन काम गर्ने क्षेत्र हो, त्यो नीति निर्धारण कानुनको निर्माण साथै विकासको योजना तर्जुमा हो। विकासको पहिचान जुन नेतालाई हुँदैन त्यसबाट विकास हुन सक्दैन। 

मेरो लामो राजनीतिक यात्राको समयमा मैले यस क्षेत्रको विकास योजनाको पहिचान गरिसकेको छु। जनताको समस्या बेदाना कष्ट दुःखको बारेमा जानकारी छ। त्यसकारण म पदमा नभए पनि धेरै काम गरेको छु।

उमेर बढी भए पनि म निर्वाचन जित्छु। मेरा प्रतिस्पर्धी मन्त्री भएर पनि विकास गर्न नसकेको कारण जनताले उनीहरूलाई पत्याउने अवस्था छैन । राजनीतिमा अनुभवको महत्त्वपूर्ण आवश्यकता छ। विश्वका धेरै देशमा पाका उमेरका व्यक्ति नेतृत्व तहमा छन्। मलेसियामा हुर्नुस् त, ९२ वर्षको व्यक्ति प्रधानमन्त्री भए। अमेरिकामा हेर्नुस्, राष्ट्रपतिको उमेर।‍ यस्ता तमाम उदाहरण छन् । राजनीतिक परिचालन अनुभवी व्यक्तिबाट मात्र सम्भव छ।

पाटी फेर्दै चुनाव लड्दै गर्नुहुन्छ। यो श्रृंखला कहिलेसम्म हो ? 

यो क्षेत्रमा जति पनि उम्मेदवार छन्, सबै पार्टी परिवर्तन गरेकै छन्। प्रजातान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा पार्टी परिवर्तन गर्नु अपराध होइन। प्रत्येक देशमा यो भइरहन्छ।

म २३ वर्ष सम्म कांग्रेसमा बसेँ।  त्यहाँभित्रको भ्रष्ट्राचार, अत्याचार,नातावाद, कृपावाद देखेपछि मलाई त्यो सहन भएन र त्यसै कारणले म पार्टी परिवर्तन गरेको हुँ। 

म अहिले एमालेमा छु। यो देशमा राजनीतिक स्थिरता,आर्थिक विकास,समाज रूपान्तरण र सांस्कृतिक विकासको लागि एमाले पाटी छ । सर्वहारा गरिब–किसान–मजदुरको विकासमा धेरै काम गरेकोले यो पार्टीको सिद्धान्त धेरै राम्रो छ। अबको निर्वाचनमा दुई तिहाइ मत ल्याई मुलुक विकासको लागि एमालेले काम गर्नेछ।मेरो जीवन अब एमालेमै बित्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP