Trending
समाज बिहानदेखि लागेको कुहिरो हट्दै, मौसम खुल्न थालेसँगै उडान अवतरण सुरु समाज सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल राजनीति बागलुङका मतदाताको गुनासो : नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’ अपराध नक्कली प्रशासकीय अधिकृत पक्राउ समाज संसद भवन तत्काल खाली गर्न नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग राजनीति धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी राजनीति चुनाव हारेपछि नियमित सेवामा फर्किए डाक्टर समाज मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते राजनीति आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै अपराध श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं : धेरैजसो व्यक्ति रुघाखोकी वा सामान्य ज्वरो आएका वेला पनि आफूखुशी औषधि पसलमा पुगेर एन्टी बायोटिक प्रयोग गर्ने गर्छन्। कोभिड संक्रमणको समयमा मात्रै होइन‚ डेंगु संक्रमणका वेला पनि मानिसले आफूखुशी एन्टी बायोटिक किनेर खाने गरेको चिकित्सकले बताएका छन्।

पछिल्लो समय विभिन्न प्रकारका समस्या लिएर अस्पताल पुग्ने बालबालिका‚ युवा तथा वृद्धवृद्धा विरामीहरूलाई समेत चिकित्सकले सिफारिस गर्नेमध्येको साझा औषधि हो एन्टी बायोटिक।

विरामीले आफूखुशी किनेर होस् वा चिकित्सकहरूले अनावश्यक रूपमा सिफारिस गरेर होस्‚ पछिल्लो समय एन्टी बायोटिकको प्रयोग बढ्दो छ। यसरी जथाभावी एन्टी बायोटिकको प्रयोग बढ्दै जाँदा  विविध रोगका लागि सेवन गरिने औषधिले काम नगर्ने अवस्था आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन्।

एन्टी बायोटिक ३ वा ५ दिनदेखि ७ दिनसम्म खानुपर्ने भए पनि विरामीले एकदुई दिनमै खान छोड्ने, छिटो सन्चो हुने विश्वासले आवश्यकभन्दा बढी खाँदा केही समयपछि असर देखिने गरेको छ। यस्ता व्यक्ति झाडापखाला, ग्यास्ट्रिक जस्ता समस्या लिएर अस्पताल आउने गरेको अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. प्रतीक पौडेलको भनाइ छ।

डा. पौडेलले भने‚ ‘डेंगु तथा कोभिडको समयमा होस् वा सामान्य रुघाखोकी लागेका वेला होस्‚ विरामीले आफूखुशी एन्टी बायोटिक प्रयोग गरेको पाइन्छ, ग्यास्ट्रिक बढ्यो, डायरिया भयो भनेर आएका विरामीलाई केही औषधि खानुभएको थियो भनेर सोध्दा केही समयअघि रुघा तथा ज्वरो आएको थियो‚ एन्टी बायोटिक खाएको थिएँ भन्नुहुन्छ।’

उनले यसरी आफूखुशी एन्टी बायोटिक प्रयोग गर्दा भविष्यमा औषधिले काम नगर्ने अवस्था आउने उनले बताए।

चिकित्सकको सल्लाहबिनै आफूखुशी एन्टी बायोटिक खाने प्रचलन भइरहेको बताउँछन्। फर्माकोलोजिस्ट डा. सतीशदेव।  उनले भने,  ‘विरामीले आफूखुशी किनेर खाने मात्रै होइन‚ सानो  संक्रमणमा पनि चिकित्सकले  नै एन्टी बायोटिक सिफारिस गर्ने हुँदा यसको दुरुपयोग बढेको देखिन्छ।’

विरामीको शरीरमा भएको ब्याक्टेरिया मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधिलाई एन्टी बायोटिक भनिन्छ। जुन शरीरमा विभिन्न प्रकारको संक्रमण हुँदा चिकित्सकको सल्लाहमा प्रयोग गर्ने गरिन्छ।

भाइरसले गर्दा हुने संक्रमण रुघाखोकी, घाँटी खसखसाउने जस्ता भाइरसजन्य संक्रमणमा एन्टी बायोटिक प्रयोग गर्न नहुने भए पनि आजभोलि यस्ता समस्यामा पनि एन्टी बायोटिकको प्रयोग निकै बढेको डा. पौडेलको भनाइ छ। ‘सामान्यतया रुघाखोकी घाँकीको समस्या, टन्सिल जस्ता समस्यामा एन्टी बायोटिकको प्रयोग नगरेको राम्रो हुन्छ तर पछिल्लो समय यस्ता समस्यामा पनि एन्टी बायोटिकको प्रयोग धेरै छ’‚ डा. पौडेलले भने।

पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधि एन्टी बायोटिकको पत्ता लाग्न सकेको छैन। हाल उपलब्ध एन्टी बायोटिक्स लगायतका एन्टी माइक्रोबियल औषधिको  प्रभावकारिता  कम हुँदै गएको छ।

मानिस, पशुपक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरूका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिको समुचित प्रयोग नहुनाले  प्रतिरोध विकास भई संक्रामक रोगहरूको उपचारमा बाधा उत्पन्न भएको छ।

यसको कारण वर्षेनि करिब सात लाख मानिसको मृत्यु हुने र  यसको नियन्त्रणका लागि ठोस कदम नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्म वर्षेनि एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ।

मानवीय क्षतिका साथै विश्वभर करिब एक नील अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने  र यसको प्रत्यक्ष असर नेपालजस्तो विकासोन्मुख देशमा पर्ने  विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिएको छ।

नेपालमा वर्षेनि एक अर्ब अमेरिकी डलर बराबरको एन्टी बायोटिक्स आयात हुन्छ‚ जुन कुल औषधि आयातको ३० प्रतिशत हो। नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टी बायोटिक औषधि उपलब्ध छन्। देशभित्रै लगभग ५० कम्पनीले एन्टी बायोटिक औषधि उत्पादन गर्छन्।

गाईवस्तु, सुँगुर र कुखुराको वृद्धि र उत्पादन घाटा कम गर्ने उद्देश्यले एन्टी बायोटिकको चरम दुरुपयोग हुने गरेको छ। यसरी प्रयोग गरिने खुराकले प्रतिरोधी जीवाणु सिर्जना गर्ने सम्भावना हुन्छ‚ जुन मानिसमा समेत सर्न सक्छ।

अझै पनि दुग्ध विकास फार्महरूमा एन्टी बायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन । यसले गर्दा यस्ता मासु र दुग्धजन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP