Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

धनगढी : भारतबाट नगद र सुनका गरगहना चोरीको आरोपमा कैलालीमा पक्राउ परेका एक युवक फरार भएका छन्। गत कात्तिक अन्तिम साता जिल्लाको गोदावरी नगरपालिका १० को खमौराबाट उनी हतकडीसहित भागेका हुन्।

कार्तिकमै भागेका उनी अहिलेसम्म फरार छन्। प्रहरीका अनुसार गोदावरी नगरपालिका १० को खमौराबाट अन्दाजी ३५ वर्षीय भक्तबहादुर  विक (भक्ते) हतकडीसहित भागेका थिए। तर प्रहरीले गोदावरीको जंगलमा उनलाई लगाएको हतकडी फेला परे पनि उनी अझै नभेटिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भारतस्थित राजस्थानको जोतपुरबाट चोरी गरेको आरोपमा घरबाट पक्राउ गरेर हतकडी लगाइएका विक स्थानीयको अवरोधका कारण भागेको बताए। जोशीका अनुसार महिलाहरूले प्रहरीमाथि हातपात गरेपछि  विक हडकडीसहित भाग्न सफल भएका थिए।

गोदावरीको स्थानीय जंगलमा हतकडी फेला परे पनि  विक नभेटिएको डीएसपी जोशीले बताए। उनलाई पक्राउ गरेको दिन स्थानीयको एक समूहले प्रहरीमाथि हातपात गरेपछि तीन जना घाइते भएको पनि प्रहरीको दाबी छ।  विक भागेपछि प्रहरीमाथि हातपात गर्ने सोही ठाउँमा पाँच जनालाई पक्राउ गरिएको थियो। तर सार्वजनिक मुद्दा चलाइएका उनीहरू जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर छुटिसकेका छन्।

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनले भारतबाट नगद र गरगहना चोरी गरेर ल्याएका थिए। चोरी गरेको मध्ये विभिन्न देशका डलर, घडी, दुई वटा ब्रासलेट र औँठी बरामद गरेर भारतीय प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। तर नगद र गरगहना के कति हो? भन्ने कुरा प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP