Trending
राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौं :  इन्डोनेसियाको जाभा टापुमा अघिल्लो हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ।

उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।

जाभाको सिआन्जुर सहरमा गत सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मृत्यु हुने अधिकांश भवनहरू भत्किँदा र आसपासमा गएको पहिरोमा परेका थिए।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले पछिल्लो समय तीन शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३२१ पुगेको हो। भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्।

उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन्। भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिनभन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताए।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्पपछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ। सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP