Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

ठगीएका बार अध्यक्ष न्यायधीशबाटै पीडित

दाङ
दाङ जिल्ला अदालतले ८४ लाख ठगी गरेका एक भारतीय नागरिकलाई १५ लाख धरौटीमा छाडेपछि अधिवक्ताहरु नै विरोधमा उत्रिएका छन् । जिल्ला बार एसोसिएसन दाङ्गका अध्यक्ष शिवप्रसाद घिमिरे आफैं ठगिएको मुद्धामा ठगि रकम भन्दा ज्यादै न्यून धरौटी लिएको भन्दै अधिवक्ताहरु नै विरोधमा उत्रिएका हुन् । जिल्ला न्यायधिश जगत बहादुर पौडेलले रिसिइभी साधेरै अधिवक्ता घिमिरेको मुद्धामा धरौटी रकम ठगी भन्दा ज्यादै न्यून आदेश गरेको अधिवक्ता प्रदिप गौतमले बताउनुभयो ।

जिल्ला बारको अध्यक्ष रहेका घोराही १३ का घिमिरे भारतीय नागरिक संजय कुमार शर्मा संग ठगिएका हुन् । अधिवक्ता घिमिरेले दायर गरेको ठगी मुद्धामा मंसिर २५ गते न्ययधिश पौडेलले भारतीय नागरिक सञ्जयकुमार शर्मालाई १५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको छ ।

अदालतको आदेशपछि उनी धरौटी बुझाएर छुटेका छन् । सञ्जयले देउखुरीमा आधारशीला सिमेन्ट उद्योग मलमला रहेको र आफ्नो सिमेन्ट कम्पनीको शेयर धनीसहित मालिक रहेको भन्दै घिमिरेलाई सो सिमेन्ट कम्पनीको शेयरधनी बनाउने भन्दै सो रकम ठगी गरेको घिमिरेले बताए । उनले अदालतले पीडकलाई धरौटी लिई छाडिदिएपछि न्याय नपाएको दुखेसो पोखे । प्रहरी अनुसन्धानको क्रममा ठगी गर्ने भारतीय नागरिकको नाममा कुनै पनि कम्पनी नरहेको, शेयर पनि नभएको, प्रमाणपत्र नभएको भेटिएको थियो । भारतीय नागरिक सञ्जयले शेयरधनी बनाउने नाममा घिमिरेलाई विश्वासमा पारेर उनीबाट नगद र चेकबाट गरेर ८४ लाख असुलेका थिए । प्रतिवादीले अदालत, प्रहरीमा अपराध स्वीकार गरेको र ठगीको अभियोगमा ७ वर्ष कैद र ७० हजार जरिवाना हुने मुद्दामा पीडकलाई धरौटीमा छोड्नुले अदालतबाट न्याय पाउने आश नै मरेको बारका पूर्व अध्यक्ष प्रदिप गौतम बताउछन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७–२ (ख) मा १ वर्षभन्दा बढी सजाय हुने अभियोगमा विदेशी नागरिक संलग्न रहेकोमा धरौटीमा नछुट्ने कानूनी व्यवस्था भएकोमा अदालतबाट कानून नै उलङ्घन गरिएको गौतमले बताए । ठगी आरोपितले अधिकार प्राप्त अनुसन्धान अधिकारी र अदालतमा ५० लाख आफूले लिएको स्वीकार गरिसकेको अवस्थामा ठेगाना समेत नखुलेका भारतीय नागरिकलाई बिगो ८४ लाख रहेको मुद्दामा १५ लाख धरौटी लिई तारेखमा छोड्नुले शंका पैदा गरेको पीडितको आरोप छ ।

उनले भारतीय नागरिकलाई यसरी तारेखमा छोड्दा भोलि आरोपीले तारेख छोडी भारतमै बसेमा नेपालमा ल्याई कारबाही गर्न सक्ने कुनै कानूनी व्यवस्था नरहेको अवस्थामा यसरी बिगोभन्दा न्यून धरौटीमा छोडिनु राम्रो कुरा नभएको दावी गरेका छन् । सभार जनअस्था

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP