Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

हेटौंडा : उद्योग संघ मकवानपुरले भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ।

संघले औद्योगिक क्षेत्रको भाडा अस्वभाविक वृद्धि गरेको आरोप लगाउँदै भाडा वृद्धिको निर्णय फिर्ता लिन हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ७ दिने समयसीमा दिएको हो। भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी समेत दिएको छ।

भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रूस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न संघले चेतावनी दिएको छ। उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज बिडारीलाई अल्टिमेटम पत्र हस्तान्तरण गरेका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रूपमा २०७५ सालदेखि लागू हुने गरी जमिनको भाडा बढाउने निर्णय नियमसंगत नभएको संघको दावी छ।

उद्योगीको विमतिपछि २०७९ साल साउन ३ गते १५ दिनको समयसीमा दिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत नबुझाएको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीलाई २०७५ सालदेखिकै बढेको भाडा भुक्तानी गर्न ताकेता गरेको भन्दै उद्योगीले विरोध जनाएका छन्।

हेटौंडा औद्योगिक क्षेत्रमा १४५ वटा उद्योग दर्ता रहेको र ११४ वटा उद्योग सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयका प्रमुख बिडारीले बताए। नयाँ भाडादर लागू गरिएपछि केही उद्योगले भाडा बुझाए पनि अधिकांशले भाडा नबुझाएको उनको भनाइ छ।

हेटौंडा औद्योगिक क्षेत्रमा वार्षिक प्रतिरोपनी ८,३३१ रुपैयाँ ७५ पैसा भाडा दरलाई बढाई १६,२०० सय रुपैयाँ कायम गरिएको छ। अल्टिमेटमपत्र बुझाउन उद्योगी व्यवसायीको समूह उद्योग संघ मकवानपुरको कार्यालय परिसरबाट ब्यानरसहित हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय पुगेको थियो। उद्योगीले विरोधस्वरूप हातमा कालोपट्टी पनि बाँधेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP