Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

उखु किसानको समस्या समाधान गर्न माग

काठमाडौँ : उखु किसानको समस्या दीर्घकालीन रूपमै समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरूको समस्याबारे छलफल गर्दै राष्ट्रियसभाका सांसदहरूले दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उखु किसानको समस्या बारम्बार बल्झाउन नहुनेमा सांसदहरूले जोड दिए। राष्ट्रियसभा सदस्य वामदेव गौतमले नगदेबालीको रूपमा रहेका उखु लगायतका बालीलाई व्यक्तिगत रूपमा मात्रै लगाएमा समस्या दोहोरिरहने बताए। उखु उत्पादन व्यवस्थित रूपमा नभएको भन्दै उनले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। देशमा चिनीको कति खपत हुन्छ भन्ने निर्क्यौल गरेर उपभोग गर्न पुग्ने गरी देशमै उत्पादन गर्नुपर्ने उनले बताए।

त्यसैगरी राष्ट्रियसभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम नदिने भएकाले यसप्रति सरकार गम्भीर नभएको बताइन्। उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अघि बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन्। निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनले जोड दिइन्।

राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइन्। उनले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या बल्झिएको बताइन्।

समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उनले उल्लेख गरिन्। राष्ट्रियसभा सदस्य भट्टले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानूनी दायरामा ल्याउन र भुक्तानी दिलाउन किन रोकिएको भनी सरकारलाई प्रश्न समेत गरिन्।

राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले किसानहरू उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको स्पष्ट पारे। उनले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई सबल बनाउन विदेशबाट आयात हुन नदिने नीति बनाउनुपर्ने माग गरे।​

राष्ट्रियसभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्ने गरी उखुको मूल्य निर्धारण हुनुपर्ने बताए।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गरे। उनले देशलाई कृषिप्रधान देश भनिए पनि उद्योगप्रधान देश बनेको टिप्पणी गरे। उनले उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए।

सरकारले समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको उनले बताए। अध्यक्ष मैनालीले आफूहरूले उखु शून्य मूल्यमा बेच्न बाध्य भएको बताए।

मैनालीले उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृत हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गरे।

समस्या समाधान हुन नसक्दा किसान उखुखेतीबाटै पलायन हुने गरेको उनको भनाइ छ। उचित मूल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP