Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

कान्ति अस्पताल : करिब ९७ प्रतिशत बालबालिकाकाे सफल उपचार

काठमाडौं : कान्ति बाल अस्पतालमा एक वर्षमा सामान्य तथा जटिल प्रकृतिका गरी २ हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ ।

अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा अस्पतालका निर्देशक डा युवानिधि बर्सौलाले गत एक वर्षमा २ हजार ५२६ जनाको शल्यक्रिया भएको बताएका हुन्।

देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिले गत एक वर्षमा १ लाख १६ हजार ४५३ जना बालबालिकाहरूलाई ओपिडी सेवा दिएको छ भने ४४ हजार ८९२ जनालाई आकस्मिक उपचार गरेको छ।

एक वर्षमा ८ हजार ६० जना बालबालिकाले कान्ति अस्पतालमा भर्ना भएर उपचार गरेका छन्। अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर भर्ना भएकामध्ये ९६ दशमलव ७ प्रतिशत बालबालिकाकाे सफल उपचार गरिएको र ३ दशमलव ३ प्रतिशतको मृत्यु भएको जानकारी निर्देशक डा बर्सौलालले दिए।

प्रतिवेदनमा हाइड्रोशिल भएका ११५ जनाको, गरिब तथा विपन्न २४८ जना नवजात शिशुको, १३९ जना मिर्गौला रोगीको निःशुल्क उपचार गरिएको छ। २९४ जना क्यान्सरका बिरामीको र सामाजिक सेवा एकाईबाट ९५८ जनाको निःशुल्क उपचार गरिएको उल्लेख छ।

आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमअन्तर्गत ७६१ जनाको उपचार गरिएको छ। २ हजार ५८७ जनाले बिमामार्फत उपचार गराएका छन्।

हाल कान्ति बाल अस्पतालमा सरकारतर्फका २६४ जना र अस्पताल विकास समितितर्फका २९६ जना गरि जम्मा ५६० जना कर्मचारीको दरबन्दी भए पनि सरकारतर्फका १८२ जना, अस्पताल विकास समितितर्फका १४५ जना, सरसफाई कर्मचारी ७८ जना, सुरक्षा गार्ड २४ जना, काजमा आएका कार्यरत कर्मचारी ५ जना, काजमा गएका कर्मचारी ९ जना‚ छात्रवृत्ति करारमा कार्यरत २९ जना र मासिक ज्यालादारीमा ७९ जना गरी जम्मा ५३४ जना कर्मचारी कार्यरत छन्।

अस्पतालमा अपुग स्वास्थ्यकर्मीको दरबन्दी छिट्टै पूरा गरिने समेत सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताए।

कान्ति अस्पतालको बार्षिकोत्सवमा स्वास्थ्य सचिव डा पोखरेलले भने‚ ‘देशको सरकारी स्वास्थ्य क्षेत्रमा कान्ति अस्पतालको सेवा उदाहरणीय छ, हाल यहीँ नर्सलगायतका स्वास्थ्यकर्मीको दरबन्दी कम भएको भन्ने छ‚ हामीले छिट्टै यो समस्याको पनि समाधान गर्नेछौँ।’

विस २०१९ पुस २२ गते ५० शय्याबाट शुरु भएको अस्पताल अहिले ३३० शय्याको छ। १ हजार बेडको अस्पताल बनाउने योजनाको काम चाँडै अगाडि बढाउने समेत सचिव डा पोखरेलले बताए।

उनले अस्पतालले सरकारले दिएको बजेटको सदुपयोग गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP