Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

चोरीको आरोप लागेका चारजनाको हात तालिवानले काट्यो

एजेन्सी-अफगानिस्तानको एक फुटबल रंगशालामा ठूलो भीडका अगाडि तालिवानले चारजनाको हात काटेको छ। उनीहरू सबैमाथि चोरीको आरोप लागेको थियो।

यस्तै रंगशालामा अवैध सम्बन्ध राखेको आरोप लागेका पाँच युवकलाई पनि ३५ देखि ३९ पटक पिटिएको गरिएको गभर्नरको कार्यालयका प्रवक्ता हाजी जैदले जानकारी दिए।

घटना कान्दाहारस्थित अहमद शाही रंगशालामा भएको हो। तालिवान अधिकारी, धार्मिक मौलवी, अग्रज र स्थानीय सजायको समयमा रंगशालामा उपस्थित थिए। मानव अधिकारका पक्षधर तथा अफगान पुन: स्थापना मन्त्री तथा शरणार्थी मन्त्रीका पूर्व नीति सल्लाहकार शबनम नसीमीले घटनाको तस्विर सार्वजनिक गरेका छन्।

अफगान पत्रकार ताजुद्दीन सोरोशले पनि ट्वीटरमा रंगशाला बाहिरको दृश्यको तस्विर शेयर गर्दै लेखेका छन्, ‘इतिहासले आफूलाई दोहोर्‍याइरहेको छ। सन् १९९० को दशकमा जस्तै तालिवानले पनि सार्वजनिक सजाय दिन थालेको छ।

तालिवानले गत डिसेम्बरमा हत्याको दोषी ठहर भएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो। तालिवान सत्तामा फर्किएपछि यो पहिलो सार्वजनिक मृत्युदण्ड हो। पश्चिमी फराह प्रान्तको खचाखच भरिएको रंगशालामा हत्याका आरोपी व्यक्तिलाई मृतकका बुबाले राइफलले तीन पटक गोली हानेर हत्या गरेका थिए।सार्वजनिक रूपमा दिइएको यो सजाय हेर्न तालिवानका धेरै नेता उपस्थित थिए।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि खुला सजायको अभ्यास फेरि सुरु भएको छ। गत नोभेम्बर २४ मा तालिवानले फुटबल रंगशालामा हजारौँको भीड अगाडि १२ जनालाई नैतिक अपराधको आरोप लगाउँदै कुटपिट गरेको थियो।

१२ जनामध्ये तीन जना महिला हुन्। तालिवानअधिकारीका अनुसार यी व्यक्तिमाथि चोरी, व्यभिचार र समलिंगी यौनसम्बन्धको आरोप लगाइएको थियो।

बीबीसीका अनुसार गत नोभेम्बरमा अफगानिस्तानको तखार प्रान्तमा पनि यस्तै घटना भएको थियो जसमा १९ जनालाई सार्वजनिक रूपमा सजाय दिइएको थियो। नुरिस्तान प्रान्तमा संगीत सुनेको भन्दै एक महिलालाई कुटपिट गरिएको छ। यी सबै सजाय शरिया कानुनअनुसार दिइँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP