Trending
अपराध बैंक एकाउन्ट ह्याक गर्ने ८ जना ललितपुरबाट पक्राउ flash नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग flash बोक्सी लगाएर देवर मारेको आरोपमा कुटपिट, प्रहरीले लिएन उजुरी राजनीति स्नातक चौथो वर्षका विद्यार्थीको माग तत्काल पूरा गर्न नेविसंघको माग समाज सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक राजनीति एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री राजनीति बागमती सरकार पत्रकारको सामाजिक सुरक्षाका लागि ५० लाख दिँदै राजनीति चुनावलाई दिएको मध्येबाट तीन अर्ब फिर्ता हुने flash २१ लाख भारु सहित सुन कारोबारी पक्राउ समाज प्रकाशक र लेखकको धन्दा : सरकारी पाठ्यसामग्री चोर्दै, पुस्तक बेच्दै!

राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रिय सभामा रिक्त एक पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो।

मनोनय दर्ताका लागि आज विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। आजै उम्मेदवारको सूची प्रकाशन गरिने छ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालय दाङले मिति तय गरेको छ।

एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेले उम्मेदवार सिफारिस गरिसकेका छन्। ​ कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको छ। तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ।

एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए। दशौदी एमालेका केन्द्रीय सदस्य हुन्।

आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै‚ माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ।

राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्छन्। लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख, उपप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP