Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

मकवानपुरमा बढ्दै किशोरी आमा

हेटौंडा : कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। तर मकवानपुर जिल्लामा भने उमेर नपुग्दै विवाह गर्ने मात्र होइन सानै उमेरमा आमा बन्ने र गर्भपतन गर्ने किशोरीको संख्या उल्लेख्य रहेको पाइएको छ।

मकवानपुरमा २० वर्ष नपुगी आमा बन्नेको संख्या उल्ल्ख्य बढेको हेटौंडा अस्पतालको तथ्यांकले देखाएको हो। अस्पतालमा पनि बाल विवाहका कारण किशोरीमै आमा हुनेको संख्या बढ्दै गएको छ। वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको जिल्ला अस्पतालको तथ्यांकले देखिएको छ। यस चालू वर्षको ६ महिनामा मात्रै एक सय ३७ जना किशोरी आमा बनेको अस्पतालको तथ्यांकमा उल्लेख छ।

हेटौंडा अस्पतालको प्रसूति कक्षको तथ्यांकले २० वर्षमुनि आमा बन्नेहरूको संंख्या बढी मात्रामा रहेको जनाएको छ। नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्ष नै नपुगी आमा बन्नेहरू अत्यधिक मात्रामा रहेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हेटौंडा अस्पतालमा मात्रै एक सय ३७ जना किशोरी आमा बनेका छन्। हेटौंडा अस्पतालमा मासिक औसत २३ किशोरी आमा बन्ने गरेको तथ्यांकले देखाएको छ।

गत साउनमा २० जना, भदौमा ३० जना र अजोसमा १८ जना किशोरी आमा बनेका थिए। यस्तै, कात्तिकमा २० जना, मंसिरमा १८ जना र पुसमा ३१ जना किशोरी आमा बनेका हुन्।

हेटौंडा अस्पतालबाहेक अन्य निजी अस्पताल, प्रसुती सेवा उपलब्ध हुने जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थाहरूको तथ्यांकमा २० वर्ष भन्दा कम उमेरका कति किशोरी आमा बने भन्ने तथ्यांक संकलन गर्ने प्रयास समेत कसैले गरेको देखिँदैन। जिल्लाभर किशोरी आमाको तथ्यांक संकलन गरी यसलाई समस्याको रूपमा पहिचान गरेर समस्या समाधानमा पनि ध्यान नपुग्नु चिन्ताको विषय हो।

किशोरी आमाको विषयमा हेटौंडा अस्पतालको आसपासमै रहेको स्थानीय र प्रदेश सरकारको ध्यान गएको छैन भने संघीय सरकारका नियकाको पनि चासो देखिएको छैन। गत कात्तिक महिनामा ३ सय ११ जना गर्भवतीले अस्पतालबाट प्रसूति सेवा लिएका थिए। यस्तै, मंसिर महिनामा महिनामा ३१८ गर्भवती सुत्केरी भएका थिए। जसमा २ सय २० जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८८ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो। १० गर्भवतीको जटिल अवस्थाका सुत्केरी गराइएको थियो। हेटौँडा अस्पतालमा पाँच विशेषज्ञ चिकित्सकले महिला तथा प्रसूति स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

यो त जिल्लामा सञ्चालित एक मात्र सरकारी अस्पतालको विवरण हो। जिल्लामा अधिकांश वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन्। ती बर्थिङ सेन्टरको तथ्यांकलाई पनि हेर्ने हो भने २० वर्ष पूरा नगरी आमा बन्नेहरूको तथ्यांक भयावह रहेको अस्पतालले जनाएको छ। यसरी सानै उमेरमा आमा बन्नेको संख्या हेर्दा जिल्लामा बाल विवाह समस्याकै रूपमा रहेको देखिन्छ। तर हालसम्म जिल्लामा बालविवाहको उजुरी भने खासै आउने गरेको पाइएको छैन।

अस्पतालको तथ्यांकका आधारमा जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखिएको छ। बालविवाह अन्त्यका लागि लामो समयदेखि जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन्। तर, पनि बालविवाहमा कमी आउन सकेको छैन। सरकारी तथा गैरसरकारी निकायबाट पनि बालविवाह विरुद्ध अभियान सञ्चालन भइरहेका छन्। बालविवाह विरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनीकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन्छ।

बालविवाह अन्यकै लागि भनेर विभिन्न संघसंस्थाले करोडौँ रकम खर्चे पनि बालविवाह समस्याका रूपमा अझै पनि रहेको छ। कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारणका रूपमा देखिएको छ। सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको सरोकारवालाहरू बताउँछन्। यस्तो गलत संस्कार अन्त्यका लागि जनचेतना आवश्यक रहेको उनीरूको भनाइ छ।

मकवानपुरको स्थानीय तहहरु धमाधम बालमैत्री घोषणा गर्ने अभियानमा छन्। केही स्थानीय तहले आफूलाई बालमैत्री स्थानीय तह घोषणा गरिसकेका छन् भने केही स्थानीय तह घोषणाको चरणमा छन्। बालमैत्री घोषणा गर्ने अभियानमा रहेका स्थानीय तहहरुको लागि समेत बालविवाह र किशोरी आमाको विषय चुनौतीपूर्ण छ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा अस्पतालमा किशोर अवस्थामा आमा बन्नेको बढ्दो संख्याले बालमैत्री घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकालाई पनि चुनौती दिएको छ। उपमहानगरपालिकालाई आगामी मंसिरमा बालमैत्री घोषणा गर्ने तयारी गरिएको छ। यतिवेला उपमहानगरपालिकाले वडातहबाट बालमैत्री स्थानीय शासन लागू गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

तर, बढ्दो बालविवाह र किशोरी आमाले उपमहानगरलाई चुनौती दिइरहेको वडा नम्बर १ का अध्यक्ष समेत रहेका उपमहानगरका प्रवक्ता सविन न्यौपाने बताउँछन्। बालविवाह राक्दै किशोरी उमेरमा आमा बन्नेको संख्या शून्यमा झार्न उपमहानरसँगै बाल क्लब, टोल विकास र वडा तहदेखि संघससंस्था लाग्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP