Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

‘ब्रह्मास्त्र’ लिएर आए शैलेन्द्र अधिकारी

काठमाडौं : साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा शनिबार उनको पुस्तक सार्वजनिक भएको हो।

कथा संग्रह लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले सार्वजनिक गरेका हुन्।

‘ब्रह्मास्त्र’ मा समाविष्ट कथा ‘मथिंगल’को शिल्पी थिएटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए। कथा संग्रह सार्वजनिकपश्चात् पुस्तकको अन्तरक्रिया पनि भएको थियो। लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफलसमेत गरेका थिए।

अन्तरक्रियामा लेखक अधिकारीले फरक फरक ‘थिम’मा कथाहरू लेखेको बताए। नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको दावी थियो।

‘म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्’, अन्तरक्रियामा उनले भने, ‘मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।’

यसअघि साहित्यकार अधिकारीको ‘निर्वेद’ उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन्।

कथा संग्रह शिखा बुक्सले बजारमा ल्याएको हो। कथा संग्रह मूल्य ४ सय ५० रूपैयाँ रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP