Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

रक्सीले मातेका वडाअध्यक्षकाे टाेलीले गर्याे प्रहरी पोष्टमा आक्रमण

रुकुम पश्चिम । तत्कालिन माओवादी पार्टीबाट निर्वाचित एक वडा अध्यक्षको नेतृत्वमा रहेका युवाहरुको टोलीद्धारा रुकुम पश्चिममा रहेको एक प्रहरी पोष्टमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।

मंगलबार बेलुका ९ बजे आफ्नो नेतृत्वमा २०,२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जानकारी अनुसार अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् ।

पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।  प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीकोे हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् ।

जानकारी अनुसार दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेको र जवाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झोक्किएर गएका प्रहरीले जनाएको छ ।

त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो ।

त्यही रिसको आवेगमा अन्य युवाहरुलाई उक्साएर प्रहरी चौकिमा आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP