Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

भूमध्य सागरमा फसेका एक हजारबढी आप्रवासीको उद्धार


काठमाडौं : इटलीले भूमध्य सागरमा फसेका एक हजार बढी आप्रवासीको उद्धार गरेको छ।

विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोजेका झण्डै १३ सय आप्रवासी भूमध्य सागरमा फसेपछि इटलीको कोस्टगार्डले उद्धार अभियान चलाएको थियो। जसबाट एक हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्।

गत हप्तामात्रै यो क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको थियो। पुराना र कमजोर डुंगामा ठेलमठेल गरी युरोपतर्फ लागेका आप्रवासी समुद्रमा फसेपछि इटलीले उद्धार अभियान चलाएको थियो। इटलीको कोष्टगार्डले शनिबार बिहान ४ सय ८७ आप्रवासीलाई क्रोटोन बन्दरगाहमा सुरक्षित रुपमा पु¥याएको छ । त्यस्तै अर्को तरणमा रेगियो क्यालिाब्रियामा ५ सय आप्रवासीलाई सुरक्षित रुपमा ल्याइएको र तेस्रो लटमा अगस्टाको सिसिलियन बन्दरगाहमा नौसेनाको जहाजमार्फत् ३ सय ७९ जनालाई उद्धार गरेर ल्याई पु¥याइएको अधिकारीरुले जनाएका छन्।

उद्धार गरिएकाहरु कुन देशका हुन् भन्ने खुलेको छैन। तर अफ्रिका तथा मध्येपूर्वी एसियाका नागरिकहरु रहेको अनुमान गरिएको छ । यसअघि गतहप्ता भएको डुंगा दुर्घटनामा पाकिस्तान, अफगानिस्तानलगायत एसियाली देश र अफ्रिकी देशका नागरिकको मृत्यु भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP