Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

पाकिस्तानमा पीठो लिन लाइन लागेका व्यक्तिको मृत्यु


इस्लामाबाद : पाकिस्तानका विभिन्न शहरमा पीठो वितरण केन्द्रमा भागाभाग हुँदा एक महिला र एक पुरुषको मृत्यु हुनुका साथै कैयौँ व्यक्ति घाइते भएका छन्।

जनताले पीठो वितरणलाई लिएर सरकारको चर्को विरोध गरेका छन्। पहिलो भागाभाग शाहीवाल शहरमा भएको थियो। सित्तैमा पीठो लिन ठूलो संख्यामा मानिस आएका र महिला पनि लामो लाइनमा उभिएका वेला उक्त घटना भएको थियो।

द न्यूजका अनुसार समय बित्दै जाँदा भीडको धैर्य गुम्दै गयो। जसले गर्दा भागाभाग भयो र सबैले पीठोको थैलो लिन खोज्दै थिए।

यो भागदौडमा एक महिलाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच शाहीवालका उपायुक्त तथा जिल्ला प्रहरी अधिकारी घटनास्थल पुगेका थिए। पीठो माग्नेलाई प्रहरीले लाठीचार्ज गरेको थियो।

रहीम यार खानमा सित्तैमा पीठो लिन बसेका ७३ वर्षीय एक वृद्धको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। झङस्थित सरकारी ग्राजुयट ब्वाइज कलेजमा पीठो बाँड्ने ठाउँमा वृद्धामाथि भएको अत्याचारको विरोधमा महिलाले धर्ना दिएका छन्।

पीठो वितरण गर्दा कर्मचारीले भेदभावपूर्ण व्यवहार गरेको महिलाको आरोप छ। पेशावरका विभिन्न ठाउँमा नि:शुल्क गहुँको पीठो आपूर्तिलाई लिएर विरोध प्रदर्शन र झडप भएको एक्सप्रेस ट्रिब्यूनले जनाएको छ।

प्रहरीले स्थिति नियन्त्रण गर्न लाचार देखिएको थियो। सित्तैमा पीठो नपाएपछि आन्दोलनकारीले कोहाट सडक बन्द गरेपछि सवारी ठप्प भएको छ।

दिनभर लामो लाइन लाग्दा पनि रित्तो हात घर फर्कनुपरेको उनीहरूले गुनासो छ। उनीहरूले नातावादका र राजनीतिक आस्थाका राखेर पीठो बाँडिएको दाबी गरेका छन्। सरकारी पीठो सित्तैमा नपाएको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ।

विशेष गरी दक्षिणी जिल्लामा निःशुल्क पीठो वितरण केन्द्रमा ठूलो संख्यामा महिला भेला हुन्छन्। यसले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ हुने गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP