Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति


सोलुखुम्बु : वसन्त ऋतुको सगरमाथा आरोहणका लागि ३१ जनाले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा चढ्न ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका हुन। जसमा ७ जना महिला छन्। हालसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ। जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाकालागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५/५ जनाले अनुमति लिएको विभागले जनाएको छ। नुप्त्सेका लागि ३, सुर्मासरोबारकालागि २ जनाले अनुमति लिएका छन्।

सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन्। दोस्रो स्थानमा अमेरिकाका ८ जना छन्। चीनका ५, अष्ट्रेलियाका २/२ र जर्मनी, हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १/१ जनाले अनुमति लिएका छन्।

सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन्। जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन्। दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन्। दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८÷८ जनाले अनुमति लिएको विभागले जनाएको छ।

हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ। रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP