Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री


काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय बाँड‍फाँड मिलाउन आज बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग अलगअलग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डसँग छलफल सकेर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा नेता शरदसिंह भण्डारीलगायतका नेता बालुवाटारबाट निस्केका छन्।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरिरहेको बताइएको छ। प्रचण्ड-देउवा छलफल भइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार सरकार विस्तार गर्ने भनिएको भए पनि गठबन्धनमा सहभागी दलहरुले लिएका अडानका कारण सरकारले पूर्णता सम्भावना नभएको बताइएको छ। कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा नै सहमति हुन नसकेको एक नेताले बताए।

मन्त्रालयको बाँडफाँड नटुंगिँदा दलहरुले पनि आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिएका छैनन्। कुनै मन्त्रालयमा तीन दलले दावी गरेका कारण पनि प्रधानमन्त्री प्रचण्डलाई बाँडफाँड मिलाएर सरकार विस्तार गर्न सकस भएको हो।

बालुवाटार छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र उपसभापति खड्का, जसपा अध्यक्ष यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा नेता भण्डारी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलगायत पुगेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP