Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

काग्रेस पार्टि त्याग्दै ७ जना नेकपामा प्रवेश (फोटो फिचर)


दिपक के.सी.
कपिलवस्तु २ असार
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा एक कार्यक्रमका विच नेपाली काग्रेस परित्याग गर्दै ७ जनाले नेकपामा प्रवेश गरेका छन शिवराज नगरपालिका वडा नं. १ नेकपा वडा कमिटिले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रममा वडा नं. १ र ३ मा नेपाली काग्रेसको सक्रिय राजनिति गर्दै आएका उनीहरुले काँग्रेस त्याग गर्दै नेकपामा प्रवेश गरेका हुन ।


नेपाली काग्रेस त्याग गर्दै नेकपा प्रवेश गर्नेहरुमा शिवराज ३ हचुवाका झकमाया गिरी, कमला गिरी, दिपक विक, सागर विक, ऋषि विष्ट, खडक बहादुर विष्ट, पुरवान खड्का र शिवराज १ नयाँवस्ती दिपक आचार्य गरी ७ जना रहेको नेकपा वडा नं. १ वडा कमिटि अध्यक्ष खिम बिक्रम के.सी.ले बताउनु भयो ।

जनताको पार्टि र राष्ट्र निर्माण गर्ने एकमात्र पार्टि नेकपा भएको भन्दै उनीहरु नेकपामा प्रवेश गरेको उहाँले बताउनु भयो ।


नव प्रवेशीहरुलाई नेकपा जिल्ला कमिटि सचिवालय सदस्य सिवि गहतराज, शिराज नगर इन्चार्ज लंका बहादुर हमाल, शिवराज नगर अध्यक्ष दिनेश पुन,प्रदेश नं. ५ प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., नेकपा प्रदेश विभाग सदस्य टिकाराम पौडेल, प्रदेश ५ उर्जा विकास सदस्य जिवलाल पौडेल, शिवराज नगर कमिटी सचिव जगत पौडेल, वडा नं. १ का अध्युक्ष जगत जिसी लगायतले टिका र खादा ओढाएर पार्टिमा प्रवेश गराएका थिए ।


नव प्रवेशीहरुलाई अब एक ढिक्का भएर देश निर्माण लाग्न र ढिलै भए पनि कम्युनिष्ट विचारलाई मनन गरी नेकपा प्रवेश गरेकामा कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सचिवालय सदस्य सिवि गहतराजले बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

नव प्रवेशीले अब पार्टिको सिद्धान्त र नितिलाई आत्मसाथ गर्दै पार्टिलाई मजबुत बनाउन लाग्नु पर्ने शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुनले बताउनु भयो ।


कार्यक्रममा नगर कमिटि सदस्य गंगा घर्ति, गणेश के.सी, लक्ष्मी हमाल टिका सुनार, रामबहादुर के.सी. लगायत वडा कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP