Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

ट्राफिक प्रहरीको प्रष्टीकरण : कारबाहीमा परे सक्कलै लाइसेन्स चाहिन्छ


१३ कार्तिक, काठमाडौं : ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाका क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र (लाइसेन्स) चाहिने बताएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेसबुक पेजमार्फत् सूचना जारी गर्दै नागरिक एपको लाइसेन्स देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्रै मान्य हुने स्पष्ट पारेको हो।

‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ।’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

सरकारले ट्राफिक जाँचका बेला नागरिक एपमा लिंक गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मान्य हुने निर्णय गरेको छ। तर अब लाइसेन्स नै बोक्न नपर्ने गरी समाचारहरू आएपछि महाशाखाले यस विषयमा थप स्पष्ट पारेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP