Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२, मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ ।

चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० मंसिर मसान्तभित्र काम सकिने सम्भावना न्यून भएको छ ।

ठेकेदार कम्पनीका अनुसार अझै ६ किलोमिटर लामो सडक विस्तारको काम सक्न ४५ करोडभन्दा बढी रकम आवश्यकता पर्छ । बजेट अभावमा कामै रोकिने सम्भावना बढेपछि सरकारले १०/ १२ करोड रकम दिनका लागि फाइल उठाउने तयारी गरेको स्रोतको भनाइ छ । यो पनि अझै पर्याप्त रकम होइन ।

सडक विस्तारको झण्डैं ८० प्रतिशतभन्दा बढि भौतिक प्रगति छ । निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए ३ महिना भित्र सबै काम सक्ने दाबी गरे । तर, बजेट कै अभावमा काम नै रोकिने हो कि भन्ने चिन्ता थपिएको उनको भनाइ छ ।

‘चाडपर्व पनि सकिए, हिउँद पनि लाग्यो, सरकारले ठेक्का लागे अनुसारको रकम उपलब्ध गराए हामीलाई काम सक्न कुनै समस्या छैन, साइट पनि लगभग क्लियर भएको छ, महानगर अगाडिको खानेपानीको केही काम काम बाँकी छ, खड्काले भने, ‘सबै सहजीकरण भएको खण्डमा कामले गति पाउँछ, हामी तयारी अवस्थामा नै छौं ।’

उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुत गतिमा काम गर्न नसकिएकोले ठेक्काको म्याद थपका लागि प्रकृयासमेत अगाडि बढाएको बताए ।

टिकौली जंगलको छेउ गोन्द्राङ्गदेखि चौविसकोठीसम्म र चौंविसकोठीदेखि भरतपुर ओरालोसम्मको मूल सडक पिचको काम गरिएको छ । अझै माथिल्लो लेयर भने बाँकी नै छ । सबैभन्दा बिजोग नारायणगढ बजार क्षेत्रमा छ ।

दुवैतर्फका सर्भिस लेनमा काम रोकिंदा बजारमा व्यवसाय गर्नेहरु आक्रान्त बनेका छन् । बजार क्षेत्रका लायन्सचोक, पूल्चोक लगायतका क्षेत्र धूलाम्य छन् ।

एक अर्ब २३ करोडको कुल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झण्डैं ८० करोड रकम भुक्तानी लिइसकेको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिहँदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । थप बजेट सरकारले नदिए सडक विस्तारको काम प्रभावित हुने देखिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौंमा शिलान्यास गरेको सडक विस्तारको म्याद २०७९ फागुनमा सकिएपछि २०८० मंसिरसम्म म्याद थप गरेको थियो ।

समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायीहरू मर्कामा परेका छन् । उद्योग बाणिज्य संघ चितवनले सडक विस्तारले व्यवसाय चौपट भएको भन्दै सडक डिभिजन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा चाडैं काम सक्न माग गर्दै दवाव दिंदै आएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP