Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सीमा नाकामा सशस्त्र प्रहरीको स्थायी बीओपी धमाधम थपिँदै

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढेको बताएको छ ।

सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको संख्या ५ सय स्थानमा स्थापना गर्ने सरकारको लक्ष्य रहेकामा तत्कालका लागि २ सय २१ पर्याउने गरी काम सुरु गरिएको गृह मन्त्रालयले जनाएको हो ।

यसअघि १ सय ७ स्थायी बीओपी रहेकामा १ सय १४ थप गरी २ सय २१ पुर्‍याइने लक्ष्य लिइएको हो । गृहमन्त्री रामबहादुर थापाले बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा उठेका विषयका सम्बन्धमा जवाफ दिने क्रममा स्थायी बीओपी २ सय २१ पु¥याइने गरी काम सुरु भएको जानकारी गराउनुभएको हो।

बुधबारसम्म दार्चुला जिल्लाको छांगरु र हुम्लाको हिल्सासमेत गरी १ सय २९ स्थानमा स्थायी बीओपी स्थापना भइसकेको गृहमन्त्री थापाले भन्नुभएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ६९ वटा बोर्डर आउट पोस्टको भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरेको गृहमन्त्री थापाले भन्नुभएको छ।

सरकारले कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि भन्दै भारतीय सीमा क्षेत्रमा हाल १२ सय १३ वटा सशस्त्र प्रहरीका अस्थायी चेक पोस्ट स्थापना गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीतर्फका कुल २२ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP