Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सात बर्ष पछाडी र अगाडीको राष्ट्रिय भावनामा भिन्नता हुदैन : डा शशांक

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले सात बर्ष पछाडी नागरिकता दिदैमा राष्ट्रवादी हुने र अगाडी दिदा नहुने तर्क मान्न नसकिने बताउनु भएको छ ।

नेपाली पुरुषसँग विहे गरेकी विदेशी महिलालाई सात बर्ष पछाडी मात्रै नागरिकता दिने व्यवस्था गर्नु पर्ने माग उठिरहेका बेला उहाँले त्यसको विपक्षमा मत राख्नु भएको हो । सात बर्ष पछाडी र अगाडीको राष्ट्रिय भावनामा खासै भिन्नता नहुने उहाँको भनाई थियो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उहाँले विदेशी बुहारीलाई नेपाली नागरिकता विहेलगत्तै उताको नागरिकता त्याग्नेपछि दिनु र सात बर्षपछि दिनुमा कुनै भिन्नता नभएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो, “उताको नागरिकता त्याग्नै पर्ने र महत्वपूर्ण पदहरुमा जान नपाईने व्यवस्था त छदै छ नी । त्यो व्यवस्था हुदा हुदै पनि डराउनु पर्ने मलाई लाग्दैन ।” महामन्त्री कोइरालाले भारतमा विहे गरेको सात बर्षपछाडी दिने व्यवस्था हुदैमा नेपालमा पनि त्यस्तै व्यवस्था हुनु पर्छ भन्ने नभएको दावी गर्नुभयो ।

उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “अरुले जे गरे त्यही गर्नु पर्छ भन्ने छ र ? हामीले आफ्नै प्रकारको व्यवस्था गर्न सकिन्छ नी ।”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP