Trending
राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

कृष्णनगरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय ५३ जनाले सेवा लिए

शिवराज अनलाइन
कृष्णनगर, २६ माघ ।

कृष्णनगर नगरपालिकाकाे आयाेजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । कृष्णनगर नगरपालिकाकाे वडा नम्बर ९ बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको स्वास्थ शाखाकी गिता भट्टले जानकारी दिइन् ।

अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४  सय ५३ जना सेवाग्राहीले सेवा लिएको जनाइएको छ । स्वास्थ्य शिविरमार्फत निःशुल्क चेकजाँचको साथै निःशुल्क औषधीसमेत वितरण गरिएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ । युनिभर्सल मेडिकल कलेज भैरहवा र मेरीस्टोप चन्द्राैटाका चिकित्सकहरुकाे टाेलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

निःशुल्क स्वास्थ्य शिविरमार्फत महिला तथा स्त्री रोग विशेषज्ञद्वारा निःशुल्क जाँच, पाठेघरको मुखको क्यान्सर VIA विधिद्वारा जाँच साथै प्रारम्भिक VIA पोजिटीभ केसलाई Thermocoagulation विधिचाट उपचार, पाठेघर खस्ने समस्याको जाँच तथा रिक पेसरी राख्ने, महिलाहरुमा हुने Obstetric Fistula, स्तन क्यान्सर र बाँझोपनको परिक्षण गरि प्रारम्भिक उपचार सेवा प्रदान गरिएको नगर प्रमुख रजत प्रताप शाहले बताए । साथै हाडजोर्नी सम्बन्धी, छाला तथा यौन सम्बन्धी, मुटु (ई.सी.जी.), सामान्य चिकित्सा सेवा, नाक, कान र घाँटी सम्बन्धी समेेत शिविरमार्फत सेवा प्रदान गरिएको उनले बताए ।

कार्यक्रममा बाेल्दै पुर्व सांसद अभिषेक प्रताप शाहले यस नि:शुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष निःशुल्क सेवा लिनले सहयोग पुगेको बताए । नागरिकले आफ्नै गाउँमा प्रत्यक्ष लाभ दिन सकेको बताउँदै याे स्वास्थ्य शिविर कार्यक्रम प्रभावकारी भएको बताए । खासगरी अशक्त, असहाय, बृद्धबृद्धा र बालबालिकालाई स्वास्थ्य सेवाले लाभान्वित भएको सांसद शाहकाे भनाई थियाे ।

यस्तै कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले गरिब र विपन्न समुदायलाई लक्षित गरि एक दिने स्वास्थ्य शिविरकाे आयोजना गरिएको बताए । सर्वसाधारण नागरिकलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविरकाे आयोजनाले सहयोग पुगेको नगर प्रमुुख शाहकाे भनाई छ । उनले स्वास्थ्य सेवालाई नगरले प्राथमिकतामा राखेकाे बताउँदै नागरिकको घरदैलोमै स्वास्थ्य शिविरमार्फत सेवा दिँदा सर्वसाधारण समेत प्रत्यक्ष लाभ उठाएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP